“दलितको व्यथा”

प्रकृतिमा भएका हरेक प्राणीहरुलाइ उनिहरुको जातमा वर्णमा विभाजन गरिएको छ । म अलि कम जानकार छु मानिसलाइ जातीय विभाजन कहिले र कसले गर्यो भनी । मैले आफैलाइ दलितको ठाउमा राखेर कल्पना गरे ।
कस्तो समाजमा जन्मिए म जहाँ एकले छोएको पानी अर्काले खान नमिल्ने । मैले छुदा तिम्रा सुक्ने खोलानालाहरु नक्कली हुन कि मेरो जातलाइ त्यो काल्पनिक अदृश्य भगवानले पनि स्विकार्दैन ? थाहा छैन कि त्यो यथार्थ प्रकृति नै मेरा विरुद्ध छ । यदि त्यसो हुदो हो भने म जन्मदा यो पृथ्वी नै अछुत भएर प्रलय आएर सखाप किन परेन त ? कि हामी सर्प जस्तै विषालु हौ र हामिले छोएको पानी खाएर ठुला जात भनाउदाहरु बेसन्चो हुनु । युगौदेखि चली आएको हामी दलितहरु प्रतिको दमन कहिले अन्त्य होला र ?
कुनै युग नहोला दलित नहेपिएको दलित नचुडिएको दलित नमुछिएको ।कुन मानिस जन्मैदेखि आफ्नो पहिचान बोकेर आउँछ ? र भगवानको समेत विभिन्न त्याग तपस्या र वलिदानी पछि मात्रै उसको वास्तविक पहिचान हुन्छ ।कहिल्यै लाग्छ अब हामी असाधारण जातमा जन्मिए म जन्मिनु नै मेरो दोष थियो ।
मानौ यो कुसँस्कृती यो प्रकृतिसँग हाम्रो कुनै सम्बन्ध छैन । तर हामी त्यही स्वास लिएर त्यही माटोमा फलेको खाना खाएर रङ्गहिन गन्धहिन पानी पिएर बाचेकै छौ त्यही संसारमा ।
कुकुर बिरालो र अन्य जीवको जुठो खाने र ओछ्यान मै सुताउने तर हामीले छुदा चाहिँ उनका देवता रिसाउने । म काटिदा र उ काटिदा रगत रातै आउँछ म र उ त्यही समाजमा हुर्केका छौ । फेरि यो कस्तो भेदभाव हो ? अब लाग्छ मेरा जातीको हितको लागि त्यो भगवानको मन्दिरमा आन्दोलन गरौ फेरि सम्झिन्छु द्वापर युगमा कुन्ती पुत्र राधे कर्णको संघर्ष र पाएको फल भित्रको शुन्यता ।
म उठ्न सक्दिन कर्णको आजिवन असफल कठोर संघर्ष देख्दा ।अब एक विकल्प भगवानले दिनै पर्छ मलाइ यो पृथ्वी जस्तै गोलो अलि चेप्टो एक अर्को पिण्ड र मेरो सम्पुर्ण जाती त्यही जान्छ र बस्छ त्यहा कुनै वर्गिय भेदभाव नरही वास्तविक समाजवादको जन्म हुन्छ ।

लेखक : विवेक ओझा (गुरु देव), शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका स्थानीय हुन् ।

 

सम्बन्धित लेखकका अन्य लेखहरु

 

“युद्ध अझै बाँकी छ”

“भ्रष्टाचारको विलय भए राष्ट्रभक्तहरुको शालिक मुस्कुराउने छ”

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्