काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। आज बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठक संसद सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार मा आयोजना हुने जनाइएको छ।
बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।
रास्वपाका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदको प्रभावकारी सञ्चालन, लोकतान्त्रिक अभ्यास तथा राष्ट्रिय सरोकारका समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको हो।
बैठकबाट राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमतिमार्फत राष्ट्रिय मुद्दाहरूको समाधान खोज्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






