एशियाली खेलकुद छनोटको उपाधिका लागि आज नेपाल-हङकङ भिड्दै

काठमाडौँ – एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। सिंगापुरस्थित नेश्नल क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यता हङकङले दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

नेपाल र हङकङबीच अहिलेसम्म १४ वटा अन्तर्राष्ट्रिय भेट भएका छन्। तीमध्ये नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ। दुई खेल भने नतिजाविहीन बनेका थिए। प्रतियोगितामा दुवै टोलीले प्रभावशाली प्रदर्शन गरेका कारण फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै उपाधि यात्रा तय गरेको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच बिहान ७ः१५ बजे प्रतिस्पर्धा हुनेछ।

नेपाल, हङकङ, मलेसिया र ओमान यस प्रतियोगितामार्फत आगामी एशियाली खेलकुदका लागि छनोट भइसकेका छन्। अब सबैको ध्यान उपाधि भिडन्तमा केन्द्रित भएको छ, जहाँ नेपाल ऐतिहासिक सफलता हात पार्ने लक्ष्यमा रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्