भन्सार विभागका २७२ कर्मचारीको सरुवा रद्द

 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गत सरुवा गरिएका २७२ कर्मचारीको सरुवा निर्णय रद्द भएको छ।

भन्सार विभागले गत २० कात्तिकमा ६९ जना अधिकृत र २०३ जना नायबसुब्बाको विभागअन्तर्गतका विभिन्न कार्यालयमा सरुवा गरेको थियो। तर, सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले उक्त निर्णय तत्काल रद्द गर्न निर्देशन दिएका थिए।

अर्थमन्त्री वाग्लेले सरुवा प्रक्रियालाई पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली विकास गरी मापदण्डका आधारमा सरुवा गर्न मन्त्रालय र विभागका नेतृत्वलाई निर्देशन दिएका छन्।

उनको निर्देशनपछि निमित्त अर्थसचिव डा. सुमन दाहालले सोमबार भन्सार विभागलाई सरुवा निर्णय रद्द गर्न लिखित पत्राचार गरेका थिए। सोही पत्रका आधारमा विभागले ६९ अधिकृत र २०३ नायबसुब्बाको सरुवा रद्द गरेको जनाएको छ।

अब मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणालीका आधारमा नयाँ सरुवा प्रक्रिया अघि बढाइनेछ। यसैबीच, सरुवा प्रक्रिया अपारदर्शी भएको विषयमा छानबिन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका छन्। मन्त्रालयले यस विषयमा आन्तरिक छानबिनसमेत सुरु गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्