एकताको दिशामा अघि बढ्यो निलम्बित नेशनल प्याब्सन

काठमाडौँ – गृह मन्त्रालयबाट निलम्बनमा परेको नेशनल प्याब्सन पुनः एकताबद्ध हुने दिशामा अघि बढेको छ । सम्बन्धित पक्षबीच पछिल्लो समय भइरहेको वार्ता र संवाद सकारात्मक बन्दै गएपछि संस्था एकताको सहमति नजिक पुगेको हो ।

विगतमा सँगै रहेर संस्थागत गतिविधिमा सक्रिय रहेका पक्षबीच केही समय दूरी बढे पनि अहिले आपसी असमझदारी र मतभेद अन्त्य गर्दै सहकार्यका साथ अघि बढ्ने वातावरण बनेको छ । संस्थालाई विभाजनबाट जोगाएर साझा उद्देश्यका साथ अघि बढाउनुपर्नेमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।

एकता प्रक्रियाले पूर्णता पाए नेशनल प्याब्सन थप सशक्त, संगठित र प्रभावकारी बन्ने अध्यक्ष सुवास न्यौपानेले बताउनुभयो । संस्थाको हित र निजी शैक्षिक क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउन पनि एकता आवश्यक रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्