रामदत्त मिश्र

सञ्चालक / सम्पादक

रामदत्त मिश्र दार्चुला जिल्लाको लेकम गाउँपालिका (साविकको रिठाचाैपाता गाविस-६) वडा नं. ६ मेल्लाउँमा विक्रम संवत २०५० साल श्रावण ३० गते बुवा गोविन्द मिश्र र आमा माहाना मिश्रको कोखबाट जन्मिएका हुन् । हालको बसाई शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेली हो । श्री भैरबनाथ प्राथमिक विद्यालय श्रीपुर मेल्लाउँबाट अक्षराम्भ गर्नुभएका रामदत्त मिश्रले उक्त विद्यालयमा कक्षा पाँच सम्मको अध्ययन गर्नुभयो ।   त्यसपश्चात श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातामा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययन गर्नुभयो । २०६५ सालमा उहाँले उक्त विद्यालयबाट एसएलसी उतीर्ण गर्नुभयो र २०६८ सालमा मु्ख्य विषय गणितमा प्रविणता प्रमाण पत्र तह प्लस टु उतीर्ण गर्नुभयो । त्यस पश्चात उच्च शिक्षाको लागि दार्चुला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा शिक्षा संकायमा गणित विषयमा अध्ययन गर्नुभयो । स्नातक पढाईको सिलसिलामा द्धितिय बर्षमा गोकुलेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस स्थानान्तरण गर्नुभयो । वि.स. २०७२ सालमा गोकुलेश्वरबाट उहाँले स्नातक उतीर्ण गर्नुभयो ।   उहाँले कम्प्युटर शिक्षाको लागी प्रविणता प्रमाण पत्र तह उर्तीण पश्चात दार्चुलामा रहेको नीट इन्टरनेशनल प्रा.लि. बाट १५ महिनाको डिग्री अफ कम्प्युटर डिप्लोमा अध्ययन गर्नुभयो । स्नातक अध्ययन सँगसँगै उहाँले विभिन्न कम्प्युटर इन्स्युच्युटमा कम्प्युटर अध्यापन समेत गराउनुभयो । त्यसपश्चात उहाँले निर्वाचन कार्यालय दार्चुलामा रहि फोटो सहितको मतदाता नामावली संकलनमा कम्प्युटर अपरेटरको दर्जामा रहेर विभिन्न चरणको कार्यक्रम सम्पन्न गर्नुभयो । पढाईसँगसँगै विभिन्न कार्यालयमा काय गर्दागर्दै उहाँले सञ्चार क्षेत्रमा प्रवेश गर्नुभयो । कम्प्युटर शिक्षासँगसँगै अन्य प्राविधिक ज्ञानले उहाँले काठमाण्डौमा रहेको स्टार मिडिया नेटवर्क प्रा.लि. मा दृश्य सम्पादकबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नुभयो । सञ्चार क्षेत्रको नौलो प्रवेश सँगसँगै विभिन्न चुनौतीहरु पार गर्दै उहाँ सञ्चार क्षेत्रमा स्थापित हुनुभयो । त्यसपश्चात राष्ट्रिय टेलिभिजन टिभी टुडेबाट टेलिभिजन पत्रकारिता गरेसँगै उहाँ लामो समयसम्म उक्त टेलिभिजनमा स्टेशन म्यानेजरको रुपमा कार्यरत रहनुभयो । उहाँको निरन्तर लगाव अनि मेहनतले उहाँले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिपर्धात्मक कार्यक्रममा समेत सहभागी हुनुभयो । उहाँले भिडियो क्षेत्रमा गरेको अथक प्रयास अनि मेहनतले उहाँले तयार पार्नुभएको भिडियो राष्ट्रिय स्तरमा उत्कृष्ट हुन पुग्यो । “म नागरिक समाज” द्वारा आयोजित उक्त कार्यक्रमा उहाँ उत्कृष्ट हुदैँ पचास हजार नगद, प्रमाण–पत्र सहित सम्मान पत्रद्वारा सम्मानित हुनुभयो । यस्तै टिभी टुडे टेलिभिजनको उत्कृष्ट कर्मचारी अफ द एयर २०७४ बाट समेत सम्मानित हुनुभयो । ५ बर्ष २ महिना १७ दिनको सेवा पश्चात उहाँले उक्त टेलिभिजनको यात्रामा विश्राम गर्नुभयो । त्यसको एकमहिना पश्चात २०७४ साल श्रावण महिनामा उहाँले उपहार मिडिया नेटवर्क प्रा.लि. स्थापना गर्नुभयो । सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका उहाँले उपहार खबर अनलाईन पत्रिका उपहार खबर डट कम सञ्चालनमा ल्याउनुभयो । पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुन्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जानकारीले नै सबै सामु पुर्याउन सकिन्छ । पत्रकारीता राज्यको चौथो महत्त्वपूर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । यसै कुरालाई मध्यनजर गर्दै उहाँले उक्त क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका केही व्यक्तिहरुसँग साझेदारी गर्दै कामहरु अगाडी बढाउदैँ आउनुभएको छ ।   हाल उहाँ विभिन्न जिल्लाका स्थानीय तहहरुसँग समन्वय गर्दै पर्यटन पूर्वाधार तथा अन्य विकास निर्माणको बृत्तचित्र निर्माण समेत गर्नुहुन्छ । निर्माता / निर्देशकको रुपमा उहाँले थुप्रै डकुमेन्ट्री निर्माण गरिसक्नुभएको छ । डकुमेन्ट्री नेपाल टेलिभिजनबाट प्रशारण हुदैँ आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्