नेपालमा राजनीतिक परिवर्तन तीव्र रुपले बढिरहेको छ । कहिल्यै देश टुक्राटुक्रा थियो त कहिल्यै एक भएर पनि टुक्रिएको छ । कहिल्यै राणाले शोषण गर्ने त कहिल्यै राजाले । अब हुदाँहुदा प्रजातान्त्रिक गणतान्त्रिक पार्टीका कोहि व्याक्तिहरु या सिंगो संगठन पनि उहीँ राणा र राजा जस्तै कानुन तोड्ने र सरकारी अहोदामा बसि जनतालाइ दमन गरिरहेका छन । सासकहरुले दमन पिछडिएका वर्गहरु माथी मात्र गर्छन । त्यो दमनको अन्त्य गर्न फेरि तिनै पिछडिएका वर्गहरुले नेतृत्व परिवर्तन या आफ्नो अधिकारको लागि लड्नु पर्ने हुन्छ ।
संसार भरिका देशको परिवर्तनको इतिहास हेर्दा युद्धको बाटो भएर मात्र देश परिवर्तन भएका देखिन्छन र युद्धले वलिदान माग्ने कुरा जोकोहिलाइ थाहा नै छ । अब कहिले सम्म न्याय मात्रै खोज्न पनि भगवानको नाम जप्नु पर्ने हो थाहै छैन । जनताले नै सरकारको नेतृत्व गर्ने प्रजातन्त्र गणतन्त्र या अन्यको नारा लगाएर फेरि देशमा आमूल परिवर्तन आयो र अवस्था ज्यूँ का त्यूँ छ ।
समाजवादको नारा लगाउनेहरु नै छुवाछूत गरिरहेका छन । कोहि म कम्युनिष्ट हु भन्ने ब्राह्मण या क्षेत्री दलितको घरमा बस्न खानअझै हिचकिचाउछ । के अझ दलित हेपिएकै हुन त ? पुर्व मेची देखि पश्चिम महाकाली सम्मका जनताहरु कोहि दलित भएर कोहि गरिब भएर सधै आफू माथी खनिने अत्याचार सहेर बसेका छन उहि पुरानै हालतमा ।
देशमा मात्र नेतृत्व गर्ने व्यक्ती परिवर्तन भएको छ देश परिवर्तन भएको छैन । जसरी मौसम परिवर्तन हुन्छ र हाम्रा आवश्यकताहरु पनि बदलिदै जान्छन । हाम्रो दैनिक जीवनमा प्रयोग हुने भौतिक समाग्रीहरु मात्रै होइन अदृश्य कल्पनाहरु पनि परिवर्तन हुन्छन । त्यसै गरी युगको विकास सङ्गै देशको नेतृत्व गर्ने प्रणाली पनि बद्लिनु पर्छ ।
जातीय, लैंगिक भेदभावका कारण अझै जनता कुटिएकै छन । लाग्छ जातीय भेदभावको ताजा प्रमाण हो रुकुम घटना । कयौ खबर अहिले पन्नी सुनिन्छन । कोहि दलित गरिब या मानसिक बिरामी महिलालाइ बोक्सी बनाइ कुटेको । अझै दिनहु सधै भइरहेका छन छुवाछूत शिर्षकका घटनाहरु । अब सधै सासकहरुको हेपाहा प्रवित्ति सहेर सबै कहाँ बस्न सक्छन र ? त्यसैले अझै एक परिवर्तन हुन बाकि छ परिवर्तनका लागि एक युद्ध बाकी छ । एतिहासिक राजनैतिक परिवर्तनका कुरा गर्नु पर्दा २ सताब्दी देखिको तानाशाहीहरुको नेतृत्व राजतन्त्र मसानघाटमा जलेको र तिनै राजतन्त्रका केही अवशेसहरु अझै राजतन्त्र फर्काउनमा लागिपरेका छन ।
युद्धको सुरुवात त्यहा बाट पनि हुन सक्छ । विभिन्न वर्गका असन्तुष्ट र हेपिएका जनताहरु, साना राजनैतिक दलहरु र अहिले सरकारले प्रतिबन्ध लगाएको वैज्ञानिक समाजवादको नारा लगाइरहेको नेकपा बिप्लब अन्य पनि यो सरकारको असन्तुष्टिका कारण युद्धभुमिमा पाइला टेक्ने अधिक सम्भावना रहेको छ । युद्ध वैचारिक पनि हुन सक्छ तर युद्ध र परिवर्तन अझै बाकी छ । लोकको कल्याण चाहेर परिवर्तनका लागि वलिदानि दिने भविश्यका शहिदहरुप्रति मेरो सलाम । जय जनता
लेखक : विवेक ओझा (गुरु देव), शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका स्थानीय हुन् ।