सुदूरपश्चिमका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट- नामावली सहित

सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट भएका छन । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाले प्रकाशन गरेको पत्रमा सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट भएको हो ।

मन्त्रालयको मिति २०७६ साल पौष ४ गतेको सूचना अनुसार नमूना क्याम्पसमा स्तरोन्नतीका लागि पेश भएका प्रदेश स्थित ४३ वटा क्याम्पसहरु मध्ये २०७७ साल असार ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट ९ वटै जिल्लाका ९ वटा क्याम्पस छनौट भएका हुन् ।

छनौट हुनेमा अछामको अछाम बहुमुखी क्याम्पस मंगलसेन, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरी, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुख्खड, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस परशुराम छनौट भएका छन् ।

यसैगरी डोटीको केदारजोतिकुञ्ज बहुमुखी क्याम्पस बिपिनगर, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस बडीमालिका र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस छनौट भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्