वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गर्नुभएको थियो। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल-भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार तथा विकास साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




