प्याब्सन काठमाडौंको कक्षा १० प्रि-क्वालिफाइङ परीक्षा मङ्सिर २४ देखि

 

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा मङ्सिर २४ गतेदेखि सञ्चालन गर्ने भएको छ।

प्याब्सन काठमाडौंले शैक्षिक सत्र २०८३ को वार्षिक शैक्षिक क्यालेन्डरअनुसार परीक्षाको तालिका सार्वजनिक गर्दै सदस्य विद्यालयलाई निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।

सार्वजनिक तालिकाअनुसार मङ्सिर २४ गते अङ्ग्रेजी, २५ गते नेपाली, २७ गते अनिवार्य गणित, २८ गते विज्ञान र २९ गते सामाजिक अध्ययनको परीक्षा हुनेछ। त्यसैगरी, पुस १ गते ऐच्छिक प्रथम र पुस २ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ।

सबै विषयको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

परीक्षामा सहभागी हुन चाहने विद्यालयले विद्यार्थीको कुल संख्या तथा ऐच्छिक प्रथम र द्वितीय विषयसमेत स्पष्ट पारी प्याब्सन जिल्ला कार्यालयमा जानकारी गराउनुपर्नेछ।

सूचनाअनुसार नगरपालिकाका विद्यालयका लागि प्रवेशपत्र मङ्सिर ६ गते बिहान १० बजेदेखि वितरण गरिनेछ। नगरपालिकाका विद्यालयका प्रश्नपत्र तथा उत्तरपुस्तिका मङ्सिर २२ गते दिउँसो १२ बजेदेखि र महानगरपालिकाका विद्यालयका लागि मङ्सिर २३ गते दिउँसो १२ बजेदेखि वितरण गरिनेछ।

प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ। परीक्षामा सहभागी हुने विद्यालयले निर्धारित शुल्क प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको एभरेस्ट बैंक, बालाजु शाखामा रहेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट तथा वरिष्ठ उपाध्यक्ष एवं परीक्षा संयोजक सन्तोष धापाले जारी गरेको सूचनामार्फत सबै सदस्य विद्यालयलाई परीक्षाको तयारी तथा सञ्चालनमा आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्