काठमाडौं – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्यका विषयमा कुराकानी भएको हो ।
भेटका क्रममा दुवै पक्षले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गर्नुभएको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।




