शुक्लाफाँटा नगरपालिकामा हुलिएका गाई गोरु सामुदायक वन क्षेत्रभित्र व्यवस्थापन गर्ने निर्णय

मुकेशप्रसाद जोशी, कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनमा गाई गोरुलाई व्यवस्थापन गरिने भएको छ । कृष्ण माध्यमिक विद्यालय झलारी तथा नगरपालिकाको प्राङ्गणमा हुलिएका छाडा पशु चौपायाहरुलाई नगरको आयोजनामा शुक्रबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले वडा नं. ९ को बृन्दावन सामुदायक वन क्षेत्रभित्र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकमा गाईगोरु व्यवस्थापन सम्बन्धि ठोस निर्णय भएपछि विद्यालय हाताभित्र राखिएका गाईगोरु उक्त क्षेत्रमा सारिन लागेको हुन् । सोमवार देखि शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारीको परिसरभित्र खुला आकाशमुनी हुलिएका पशु चौपायालाई बस्न र आहाराको समस्या भएपछि बुधवार बेलुका विद्यालयको परिसरमा सारिएको थियो ।

यस अघि शुक्लाफाँटा नगरपालिका(११ मा छ महिना अस्थायी गौशालामा राखिएको थियाे भने वडा नं.८ मा स्थायी रुपमा गौशाला निर्माण गरी व्यस्थापन गरिँदै आएको थियो । आइतबार शुक्लाफाँटा–८ मा अध्यक्षमाथि आक्रमण भएपछि गाईगोरु हेरालुहरुले आफूहरु समेत असुरक्षित रहेको भन्दै सोमवार नगरपालिका परिसरमा हुलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्