“भ्रष्टाचारको विलय भए राष्ट्रभक्तहरुको शालिक मुस्कुराउने छ”

इतिहास कोट्याएर हेर्दा भ्रष्टाचारको जन्म भयो तर भ्रष्टाचारी जन्मिएनन् सिधै हुर्किएका देखिए । सरकारका पाल्तुहरु आफ्नो पदीय मर्यादालाइ भुलेर व्यक्तिगत हितकालागि अनावश्यक घुसपिट गरि आत्मकल्याण नै सब भन्दा ठूलो धर्म मान्दै आएका छन । संसद भवनमा रामशरण महतले कालापानी लिपुलेख महाकाली बेच्ने र देश खोक्रो पार्नेलाइ टुडिखेलमा झुण्ड्याउ भन्दै भाषण ठोके र सबले शब्द मात्र मन पराए विपक्षिहरु पनि ताली बजाएको प्रष्टै नै छ । तर ३ करोड पुरै जनता आफै व्यक्तिगत हित वा केही समय मनोरञ्जन गर्नका लागि आफै भ्रष्टाचार गर्दैछन । छोरा घरमा लुगा किन्न २ हजार माग्छ र १ हजार ८ सयको लुगा लगाइ २ सय क्वाप्प खान्छ त्यो पनि भ्रष्टाचार हो ।
अब भ्रष्टाचारले सिमा नाघेको छ अब परिवर्तनका निमित्त एक युद्ध हुन्छ म भ्रष्टाचारी भए त्यो आफ्नै विरुद्ध पनि हुन सक्छ । देशकै नेतृत्व गर्नेदेखि मन्दिर भित्रका साधुसन्तहरु, बाहुनहरु पनि व्यक्तिगत हित कै लागि मरिमेटी गरिरहेको छन । यो सब भ्रष्टाचार हो । भ्रष्टाचारले नेपालमा यसरी जरो गाडेको छ कि भ्रष्टाचारको अन्त्य गर्न भ्रष्टाचारिहरुका लागि एक छुट्टै मशानघाट बनाउनु पर्ने देखिन्छ ।
उत्तर कोरियामा किम जोङले भ्रष्टाचारिहरुलाइ थाहै नदिइ गोहिको मुखमा फाल्ने गर्छन भन्ने सुनिन्छ । नेपालमा अब बिकल्प भ्रष्टाचार गर्नेलाइ मृत्युदण्ड दिए मात्र सायद भ्रष्टाचार निर्मुल गर्न सकिन्छ । भ्रष्टाचार अन्त्य गर्नका लागि हामी आफैले आफैबाट व्याक्तिगत हित गर्ने भन्ने लालच त्यागि समाजिक विकास र कल्याण सोच्नु अबको बिकल्प हो ।
भ्रष्टाचारमुक्त देश बनाउन अब हरेक नागरिकले सचेत हुनु जरुरी छ । अरु देशसंग नेपाललाइ तुलनात्मक रुपले हेर्दा नेपालमात्र भ्रष्टाचार र राजनैतिक परिवर्तनका कारणले विकास नभएको देखिन्छ । राणाहरुले जनताको आर्थिक नैतिक शोषण गरेर देश लुट्दै खोक्र्याउदै सरकारी सम्पत्ति आफ्ना बनाउदै र विदेशी बैंकहरुमा सम्पत्ति थुपारेको प्रष्ट् देखिन्छ ।
भ्रष्टाचार एउटा लालच हो त्यो हामी भित्रै पनि छ यसको अन्त्य हुनु जरुरी त छ । भ्रष्टाचारको अन्त्य गर्न कहिल्यै राणा फालिए कहिल्यै राजा फालिए अब कम्युनिष्ट सरकार आउदा जनता त्यति खासै सन्तुष्ट नभएको देखिदै छ ।त्यसको कारण एउटै हुनसक्छ । आफू भित्रको लालच हो । खास गरि जनतालाइ चाहिने शिक्षा स्वास्थ्य र यातायात, सडक पूर्वाधारको सहज बनाइ दिए देश कति सुन्दर देखिन्थ्यो होला तर यता विदेशी सस्थाहरुसंग मिलेर बिस्तारै देश खोक्रो बनाइरहेको अवस्था छ ।
जनता जागे उ बेला ताना शाहिहरुको अन्त्य गर्न १७ हजारले रगतको खोला बगाएर प्राण त्यागेका थिए तर अब मात्र १७ हजार होइन १७ लाखले आफ्नो बलिदान दिन तयार छन । जनता जागे भ्रष्टाचारिहरु जिउदै मसानघाटमा जलेका नेपाल आमाले देख्ने छ । जय जनता

लेखक : विवेक ओझा (गुरु देव), शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका स्थानीय हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्