“गणतन्त्रले दिएको उपहार”

देश बदल्न सामाज बदल्न र मान्छेको
मन बदल्न हिडेको मान्छे म
पछुताउदै छु आज
गणतन्त्र उपहार पाएर
सम्झिदै छु बिगत ती दिनहरु
हसिँया हतौडाको झन्डा बोक्दै
मुक्तिका नारा लगाउदै
क्रान्तिकारिका धुनहरु बजाउदै
देशको मुहार फेर्न
पुस्ताले पाउने गणतन्त्रको लागि शरीरभरिका गोलीका
छर्राहरु सम्झिदै
टोलाई रहेछु आज
पाएर उपहार गणतन्त्र ।।

मन भित्र मनहरु खेलाउदै बसेको छु आज
एक छाक खान नपएर सडकमै मरेको मान बिरे
सम्झेर,,,
खुलेआम बलात्कारि भएकि चेलीको
पीडा,देखेर
मन मनै साेचिरहेको छु प्रदेशी दाजुभाई
ठगिरहेको बजारको नाङ्गो नाच हेरेर
खाडिमा टिकट काट्न नसकेर
आत्माहत्या गर्ने भाईको कथा सुनेर
मनले मुट सङ्ग सम्झौता गर्दैन
आज भोली
प्रेम गर्न जातले छेकेको देख्दा
मन पराउदै मा मरेको देख्दा
यसै जातिय बिबेद भन्दै क्रान्ति गरेका
कमरेडहरुले नै
आज तल्लो जातको भन्दै श्रीमति छाडेको
लाग्छ कसरि
क्रान्ति गरे होला
परिवार बनाउन नसक्नेले देश बनाउने क्रान्तिको सुवात
बहकिदै छु आज
गणतन्त्र को उपहार अङ्गालेर।।

पुस्ताको जिन्दगी बदल्न देशको शासन बदल्न
हजारौ हजारले जीवन आहुति दिदा
रगतको बलिदानी दिदा
लाग्दै छ म सहिद बन्न ठगिए छु
यहा यसरि नक्कली बनेर जनमानसमा भर्म फैलाउन
ठुलो भूमिका खेले छु।।।

महामारी आयो उनिहरुको लागि
जहा कहिलै नबगाउन बाढी जस्तै
कहिलै नउडाउने हुरि बजार जस्तै
आई दियो समुन्द्र सरि आधि तुफान जसरि
मेरो लागि उहि पुरानो गणतन्त्र को उपहार
हेररे बस्न बस्न शिवाय रहेन केहि
सम्झाउदै थिय पल्लाघरे काकाले स्वार्थले जिन्दगी चलाउनेहरुको भीडमा मिसिनु भन्दा
पहिले बुज्न जरुरि हुन्छ
भन्दै थे
अहिले पछुताउदै छ म ठगिएकोमा
हिनेको थे गिर्नेट बोकेर क्रन्ति गर्न
हिनेको थे हसिँया हतौडा भएको झन्डा बोकेर
सामन्तिहरु बिरुद्वको नारा लिएर
बदलामा एउटा
मात्र पाए सजाउन
उपहार गणतन्त्रको।।।

रुदै रुदै अस्ताउन थालेका छन सिन्दुर पुछिएकाहरु
विदुवा भएकाहरु
हार गुहार गर्दै बा आमा गुमाएर टुहुरा
बनेकाहरु
अपाङ्ग भएर जन्दगी बिताउनेहरु
क्षितिज पारि हरेरर आवज ननिकालेरै
आँशु खसालिरहेका छन
घरबार बिहनी भएकाहरु आज बिना मुस्कानले
हाँसिरहेका छन
त्यो गणतन्त्र को उपहारलाई
देशको मुहार फेर्ने सपना बोकेका युवा पुस्ताको
खाडीमा उट र भोहरु सङ्ग मितेरि लगाउन
बाध्य छन म मेरो छोरो लाई पनि
अब गणतन्त्र को उपहार सजाउन
अर्काे प्रयास गर भन्दै
सम्झदै छु बिगत लाई
सम्झदै छु बर्तमानलाई अझै गठिन खोज्ने
हिम्मत जुटाउने छु
गणतन्त्र को उपहार सम्झेर।
गणतन्त्र को उपहार सम्झेर।।

शब्द तथा लेखन : गगनसिह बिष्ट, दार्चुला
हाल कुबेत

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्