जन्मदिनमा जीवनसाथीलाई प्रेमिल शुभकामना – प्रेम जोशी “सागर”

प्रेम जोशी “सागर” – 

धन्यवाद छ भगवानलाई। तिमिलाई मेरो लागि यो धर्तिमा पठाउनु भयो,अनि कृतज्ञता प्रकट गर्न चाहान्छु जसले तिमिलाई जन्म दिनु भयो ।मेरो अन्तर हृदय, अन्तर आत्मा देखिको मेरो मुटुभरिको माया तिमिलाई ।लाखौ करोडौ मेरा सारा खुसिहरुको अनि हाँसोका ती पलहरुको सवै धन्दा धेरै मेरो जिवनलाई रंगीन एवं उत्साहमा परिणत गर्दै यहासम्म पुर्याउन साथ अनि सहयोग गरिरहनु भएको र यस्तै साथ र सहयोगको जुनि-जुनि अपेक्षा समेत राख्दछु।
तिम्रो शालीनता, स्पष्टता, धैर्यता र मेहनतीपनको त म सधैं नै प्रशंसक हुँ। तिमी जस्तोसुकै परिस्थितिमा शान्त रहन्छौ र आफ्नो उत्तरदायित्वलाई निरन्तरता दिइरहन्छौ। तिमी एउटा नि:स्वार्थ भाव भएको मान्छे हौ। तिमी कसैलाई नराम्रो भन्दैनौ र उत्तिकै सम्मान दिन्छौ। तिम्रो लागि खुसी भन्नु नै घर-परिवारको मुहारमा हाँसो देखिनु हो मैले वुझेको छु।
हुन त हाम्रो जन्म, हुर्काइ, पढाइ र लेखाई फरक ठाउँ र परिस्थितीमा भएको हो। हाम्रो भोगाइ पनि फरक थियो तर भोगाइको अनुभव भने एउटै थियो। त्यसैले त तिमी मेरो जिवनको सधैंको अन्तर आत्माको जिवन साथी वन्यौ।
भगवानले मेरो जिवनमा तिमीसँगको जिवन साथित्वको नाता सर्वप्रिय वनाई दियो। म तिमीलाई धन्यवाद दिन चाहन्छु। तिमी नि:स्वार्थ, समर्पित, मेहनती छौ र तिमीसँग प्रशंसा, भक्ति, प्रेरणा र आत्मीयता जो छ त्यसको लागि म सधैं तिमीलाई सम्झिने गर्दछु।
तिम्रो जन्मदिनको मिठो पलहरू मेरो जीवनको सबैभन्दा सुन्दर क्षण हो।
तिमी घर परिवार मेरो र नानि वावुको जीवनको हरेक दिनलाई खुसीले भर्ने चन्द्रमा हो।
तिम्रो मायाले मेरो जीवन तातो छ, तिम्रो हाँसोले मलाई शक्ति दिन्छ।
तिमी मेरो जीवनको सबैभन्दा मूल्यवान उपहार हो, धेरै माया छ तिमीलाई।
तिम्रो हरेक दिन आजको जस्तै उज्यालो होस्, तिम्रो हरेक सपना साकार होस्।
तिम्रो मुटुभरि खुसी रहेस, तिम्रो जीवनमा धेरै आशीर्वाद हरू आउन्।
तिम्रो हाँसोले मेरो दिन उज्यालो पार्छ, तिम्रो मायाले मलाई शक्ति दिन्छ।
तिम्रो जीवनको हरेक पृष्ठमा सुख र समृद्धि लेखिनेछ, यही कामना छ।
तिमी मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो, तिम्रो जन्मदिनमा धेरै माया।
तिम्रो भविष्य उज्यालो होस्, तिम्रो हरेक दिन आनन्दले भरिएको होस्।
तिमी मेरो गर्व हो, मेरो आशा हो, मेरो सबै कुछ हो।
तिम्रो जीवनको हरेक पल सुन्दर र आनन्दमय होस्, यही चाहना छ।
तिमी खुसी, आनन्दित र तिम्रो जीवनले आजबाट अझ नयाँ अर्थ, स्मारक सफलता, असीम दशकहरू, स्वस्थ जीवन, वर्षौँको जीवन्तताका साथै समृद्धि प्राप्त गरोस्। तिम्रो यस जन्मदिनमा म तिमीलाई शुद्ध खुसी, निर्मल र अद्भूत जीवनको शुभकामना व्यक्त गर्दछु।

तिम्रो कडा परिश्रम घर, परिवार, समाजका लागि गर्व गर्न लायक छ र रहिरहोस्। तिमी तिम्रा सबै प्रयासहरूको लागि प्रशंसाको हकदार छौ। टाढाको वसाईले तिम्रो जन्मदिन संगै वसेर वनाउन पाएन। तिम्रा सबै शुभचिन्तकहरूबाट तिमीलाई प्राप्त सबै शुभकामनाहरु र आशिर्वादहरुले जिवनमा सफलता नै सफलता मिलोस।
अन्तमा शैल्य-माहाराज मालिकार्जुन स्वामी, लटिनाथ स्वामी, गलैनाथ स्वामी,हुनैनाथ स्वामी र पितृहरुको आशिर्वाद सदैव यसरी नै पाईरहनु जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!!

प्रेम जोशी “सागर”
शैल्यशिखर ८ दार्चुला
हाल धनगढि कैलाली

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्