ग्लोबल आइएमई बैंकलाई भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्ड

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित विधामा अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकास तथा विस्तार गरेको योगदानको कदर गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराएको आधारमा सम्मान प्राप्त गरेको जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरजस्ता सम्मानसमेत प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ । बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् । बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्