काठमाडौँ – अर्किड पुपिल सेकेन्डरी स्कुलद्वारा आयोजित अर्किड आइडल गायन प्रतियोगिता-२०८३ को १२औँ संस्करणअन्तर्गत क्वालिफाइङ राउन्डबाट ५१ जना प्रतियोगी सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वालिफाइङ राउन्डमा उत्कृष्ट गायन प्रस्तुति दिएका ५१ जना प्रतियोगी सेमिफाइनलका लागि छनोट भएका हुन्। प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थीलाई विद्यालयले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

विद्यालयका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीले प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रतिभा र उत्साहको प्रशंसा गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल सबै प्रतियोगीलाई बधाई तथा आगामी चरणका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको गायन प्रतिभा उजागर गर्न र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले अर्किड आइडललाई विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा अघि बढाइएको बताउनुभएको छ। उहाँले प्रतियोगितालाई अझ भव्य र व्यवस्थित बनाउँदै विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने उल्लेख गर्नुभयो। प्रतियोगिताको सेमिफाइनल मंसिर १५ गते र ग्रान्ड फाइनल मंसिर १८ गते आयोजना हुने जनाइएको छ। आयोजकले आगामी चरणलाई थप भव्य, सौहार्दपूर्ण र रोमाञ्चक बनाउने तयारी गरेको छ।







