काठमाडौं – एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।कतारको दोहामा हिजो भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर ३ बलमा ७२ रनमै समेटियो । नेपालको ब्याटिङ प्रदर्शन कमजोर रहँदा टोलीले फराकिलो हार बेहोर्नुपरेको हो ।
नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट लिए । त्यस्तै, मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रनको योगदान दिए । नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने यूएईलाई ६ विकेटले पराजित गर्दै जित निकालेको थियो । तर, अन्तिम खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएपछि नेपालको एसिया कप राइजिङ स्टार्स यात्रा समूह चरणमै समाप्त भएको छ ।





