मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश दिने

 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्षमा सेयरधनीलाई १८.२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने लाभांश दर घटेर ७.२५ प्रतिशत कायम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्