प्रेम जोशी “सागर”
१९ सौ वसन्त पार गरी २० सौ वसन्तमा प्रवेश गर्दा तिम्रो लक्ष्य अनि वुवा-आमाको सपना साकार पार्न सफल हुनु भएकोमा हार्दिक बधाईका साथै जन्मदिनको शुभकामना छोरी निषा। बुबाको काँधमा अडिएको सपना जब छोरीको मेहनत र आत्मविश्वासले साकार बन्छ, त्यो क्षणभन्दा ठूलो खुसी सायद अरू केही हुँदैन। बुबाले देखेको भविष्यलाई उज्यालो बनाउन छोरीले गरेको संघर्ष र सफलताले परिवार मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा दिन्छ।
मिहनेत लगनशिलता र अथक प्रयासका कारण छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै अघि बढिरहनुभएको छ।तिम्रो आत्मविश्वास,मेहनत र निरन्तर सिक्ने चाहनाले उज्ज्वल भविष्यको संकेत गर्दछ।छोरा- छोरीको सफलतामा बुबा-आमाको माया, विश्वास र प्रेरणाको ठूलो भूमिका हुन्छ भन्ने उदाहरण यो सुन्दर तिम्रो यात्राले झल्काउँछ।
बुबा-आमाको तर्फबाट हार्दिक माया, सम्मान र शुभेच्छा। आगामी दिनमा अझ धेरै सफलता प्राप्त होस्। प्यारी छोरी मन मुटु भरिको असिम माया, ममता सु-स्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना। मेरो सानु,मेरो लागि सबै भन्दा ठूलो दिन २०६३ भाद्र महिनाको १४ गते वुधवार थियो ।वर्षा ऋतुको अन्ततिर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराले गाउघर देउडा ढुस्को अनि घर घरमा भिजाएका पन्चविरुडिले गाउ घर नै रंगीचंगी भएका थिए। गौरा पर्वको अघिल्लो दिन भाद्र १४ गते तिमिले यो धर्तिमा पाईला टेक्न सफल भयौ।जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो र खुशीको सिमा नै रहेन ।

त्यो क्षण, समय मेरो लागि एक्दम हर्षको अनुभूति, सुखद पल थियो । त्यो सबै तिम्रो आगमनले हो छोरी , तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको थिए र छु पनि । सानैमा गाउँकै सरकारी स्कुलमा तिम्रो मामुको काखमै वसेर पढ्न पायौ।गाउँकै सरकारी स्कुलवाट SEE उतिर्ण गरि प्राविधक शिक्षा आर्जन पश्चात तिम्रो मेहनेत लगाशिलता अनि ईष्टकुल स्वामी र पितृहरुको अनुकम्पाले प्रदेश स्थानिय सरकारी सेवामा आवद्ध भएको देखेर हजुर आमादेखि हामी नतमस्तक छौ।
विगत वर्षहरु झै संगै वसेर तिम्रो जन्मदिन मनाउन असमर्थ रहे। भौगोलिक दुरीले टाढा रहेपखि आज प्रविधिको पहुचले हामी नजिकै छौ। म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्ना चहन्छु, हरेक पल खुसिमा बितोस, हजुर आमा म र मामुको माया स्नेह् सधैं तिम्रो लागी रहने छ।
तिमी जस्तो जति छोरी पाउन तँ जति तपस्या गरेँ नि कम छ, सबैले तिम्रो उदाहरण दिदा आफू सार्है नै भाग्यमानि सम्झन्छु। सभ्यता र सम्पदा मेरो बाँच्ने आधार हो, भविश्य हो, मेरो हरेक खुसी र दुखमा साथ दिने दुई पखेटा हुन् ।
हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस्
सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ्ग छाओस्,
दुख तिम्रो छेउ आउनु अगाबै, सामना गरोस् ।
हरपल तिमी बिहानीको सुर्यको पहिलो किरण झै चम्कि रहनु।
तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई
आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्।
मुटुमा अटुट माया र आशिष तिम्रो शिरमा रहिरहोस् ।
सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् ।
यतिनै छ मेरो भाबना, जन्मदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी शुभकामना
तिम्रो वुवा र आमाको तर्फवाट।
प्रेम जोशी “सागर”
शैल्यशिखर न.पा.८ झरकडा दार्चुला
हाल धनगढी कैलाली।



