सुनको मूल्य तोलामै १० हजार १०० रुपैयाँले घट्यो

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्