गुरु महिमा – कविता

पहिलो विश्व गुरु भनेर जसले निर्माण बेदको गरे
वैदे व्यास भनेर, नाम हुन गो ज्ञानको त ज्योति छरे
दोश्रो रुप वशिष्ठ क‍ो हुन गयो आाइ धरातलमहाँ
शिक्षा राम र लक्ष्मणै कन दिया जाई अयोध्या महाँ

तिन्का शिक्ष तीं राम लक्ष्मण दुवै गुण ज्ञानले श्रेष्ठ भई
त्यागे राज्य समेतको त दुईले बसे तीं वनबासी झैं
लिला धेर भए अनेक भवमा तेश्रा गुरु कृष्ण का
गीता ज्ञान सिकाउन्या गुरु तीं हुन अवतार हुन विष्णु का

द्रोणाचार्य लिएर नाम भवमा चौथा गुरु जन्मिए
अर्जुन शिक्ष भए तीं दो्ण गुरुका सस्त्रा श्रशिक्षा दिए
द्वोणा चार्य गुरु भइ जन्मिए शिक्षै ति हुन अर्जुन
प्रख्यात छन धनुधरी मा जगतमा तिन्का सरी को छनन

गौतम नाम लिएर राज कुलमा पाँचौ गुरु जन्मिनु
ज्ञानका खाँतिरमा हिडि वनमहाँ दरवास छोडि दिनु
पाए ज्ञान विचित्र को वनमहाँ बुद्धै भनि नाम रह्यो
शान्ति को उपदेश दिए सबमहाँ संरसार शान्तै भयो

शंकराचार्य भनेर नाम हुन गो छैटौं गुरुकोयहाँ
उत्थान वेदिक धर्म को हुन गयो कुना र कप्चा महाँ
चाढक्ये गुरुहुन थिं मौर्य कुलका सातौं गुरु त्यो घरी
चन्दैगुप्त तिंमौर्य शासक भया को छन गुरुका सरी

साराराजनित रअर्थनिति ता तिनका बसैमा थिए
चाणक्ये गुरु भै ति मौर्य हरुको शासन गराई दिए
समराट चन्द भनेर नाम हुन गो प्रख्यात भारत भर
दासी पुत्र पनि त शासक भए ससार गुरुकै तर
दुःख को बात छ चोट लाग्छ मुटुमा गुरु शब्द अर्के
भयो
गुरु शब्द महाँ खिया कुन परयो मेरो ठुलो प्रश्न यो मेरो
आमाका दुध मूख बालकहरु आठौं गुरुका यहाँ
तोतेबोलि हुने अवोध शिशुको जिम्मा छ हामि महाँ
जिवन बालको निर्माण गर्ने हामि गुरु हौं सब
जीवन यापन गर्न नै कठिन भो सन्तोष मिल्ला कब।

रचनाकार : रेवाधर जोशी

ठेगाना : लेकम गाउँपालिका-२, दार्चुला 
पेशा : शिक्षक, हुनैनाथ मा वि रातामाटा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्