ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना

डडेल्धुरा- केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले सुरक्षित गर्भपतन गर्न थालेका छन । विभिन्न खाले औषधि, घरेलु साधन तथा जटीबुटी प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला ग्रामीण बस्तीमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रम सञ्चालन भएपछि अहिले जिल्लामा रहेका सुचिकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउन थालेका हुन ।

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बनाउन सामुदायिक बिकास मञ्च (सिडिएफ नेपाल) र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउने र परीवार नियोजनका साधनको प्रयोग गर्न थालेका छन । यो परीयोजनाले आफूहरुलाई धेरै फाइदा पुगेको परियोजना लागु भएको नबदुर्गा गाउँपालिकाका महिला तथा किशोरीहरुको भनाई छ ।

समाजबाट लाञ्छना हुन सक्ने भएका कारण लुकिछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात खुल्न थालेको नबदुर्गा गाँउपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताइन । उनले भनीन ‘परीयोजनाले सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनकाबारेमा समुदायस्तरमा नै सडक नाटक, बिभिनन समुहमा छलफल, सचेतनामुलक बिभिन्न तालिम गोष्टी गाउँ–गाउँमा सञ्चालन गरेपछि महिलाहरु सचेत भएका छन ।’

सन्तानको इच्छा पुगी सकेको, उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउने व्यवस्थाको बारेमा जानकारी पाएपछि नबदुर्गा गाउँपालिका ४ डडेल्धुराका गिता ताम्राकार खुसि भएका छन । पहिला परीवार नियोजनका साधनको बारेमा केहि थाहा थिएन, कहाँ पाईन्छ, कसरी ल्याउने कसरी भन्ने ? भनेर लाज लाग्थ्यो जब समुहमा जान थाले र यि–यस्ता बारेमा धेरै छलफल हुन थालेपछि अहिले आफै स्वास्थ्य संस्थामा गएर ल्याउने गरेको उनले बताए ।

आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले हामि महिलाहरुलाई निकै जान्ने र जिबन परीवर्तन गर्न सहयोग गरेको छ । ‘हामिहरुको समुहमा आएर उहाँहरुले सुरक्षित गर्भपतन, परिवार नियोजनका साधनको बारेमा जानकारी तथा छलफल गराएर जानकारी दिनुभएको छ । हामिहरुलाई परीवार नियोजनको साधन कहाँ पाईन्छ ? र सुरक्षित गर्भपतन कसरी गराईन्छ भन्ने बारेमा पनि जानकारी पाएका नबदुर्गा कै रेखा एरले बताए ।’

परीयोजनाले समुह–समुहमा गएर महिनामा एक दिन सामाजिक अगुवाहरुको पहलमा छलफल र जानकारी गराउने गरेको छ । नबदुर्गा गाँउपालिकाको ४ वटा वडामा सञ्चालित परीयोजनाले सामाजिक अगुवाहरुसंगको सहकार्यमा सुरक्षित गर्भपतन, परीवार नियोजन र प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउँदै आएको सामाजिक अगुवा गोमति ताम्राकारले बताए । अहिले समाजमा पहिलाको भन्दा निकै परीवर्तन आएको र स्वयम आफुले समुहमा मात्रै नभई कहि कतै जादा बस्दा पनि यो निशुल्क हुन्छ, यहाँ यसरी पाईन्छ, यसको प्रक्रिया यस्तो हुन्छ, भनेर जानकारी गराउँदै आएको उनले बताए ।

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले नबदुर्गा गाउँपालिकामा सुरक्षित गर्भपतनबारे समुहमा गएर सडक नाटक, समुहमा छलफल र बिभीन्न जनचेतनामुलक कार्यक्रम सञ्चालनपछि अहिले पालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको, परिवारनियोजनका साधनको प्रयोगकर्ताको संख्यामा बृद्धी हुनुका साथै आम महिला तथा सिमान्तकृत समुदायहरुका नागरिकहरु सचेत भएका सिडीएफ नेपालका सामाजिक परीचालक भागरथि धामिले बताए ।

स्वास्थ्य शाखाको तथ्याकं हेर्दा

नवदुर्गा गाँउपालिका स्वास्थ्य शाखाको तथ्याकं अनुसार आर्थिक बर्ष २०७७/७८ मा सुरक्षित गर्भपतन गराउने १३५ रहेकामा त्यो संख्या २०७८/७९ मा ८७ पुगेको थियो । ७८/७९ मा कोरोना महामारीका कारण बैदेशिक रोजगारीको लागि बाहिर रहेका आम नगरबासी पालिका फर्किएपछि बढेको पालिकाको स्वास्थ्य शाखाले बताएको छ । सुरक्षित गर्भपतन सेवा नवदुर्गा गाउँपालिकाको कोटेलि स्वास्थ्यचौँकी, मणिलेक स्वास्थ्यचौँकी, नवदुर्गा स्वास्थ्यचौँकी र बेलापुर स्वास्थ्यचौँकीमा पाइन्छ । उक्त स्वास्थ्य संस्थाबाट यो आर्थिक बर्ष २०७८/७९ मा ४६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन । गर्भपतन पश्चात पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुको सख्या बढेको नवदुर्गा स्वास्थ्य शाखाले बताएको छ ।

गाँउपालिकाको र स्वास्थ्य साखाको सहकार्यमा कार्यक्रम झनै प्रभाबकारी

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनालाई नबदुर्गा गाउँपालिकाको र पालिकाको स्वास्थ्य साखाको पनि सहयोग छ । कार्यक्रमलाई प्रभावकारी बनाउन र निरन्तरता दिनको लागि गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।

अहिले स्वास्थ्य शाखामा महिलाहरु बिभीन्न समस्या लिएर खुलेर आउने गरेका छन र आफ्नो समस्या भन्ने गरेका छन । पहिले प्रजनन स्वास्थ्य सम्बन्धीका धेरै बिरामी भएपनि समस्या भन्नै नसक्ने परिस्थितिले उपचारमै समस्या हुने गरेको भएपनि अहिले त्यो समस्या हटेको नवदुर्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र प्रसाद भट्ट बताउँनुहुन्छ । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन, दिगो रुपमा सञ्चालन गर्नको लागि पनि गाँउपालिकाले प्रयास गरेको उहाँले बताउनु भयो ।

यो परीयोजनाले स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि तालिम दिएर सहयोग गरेको उहाँले बताउनु भयो । यो परीयोजनाले पालिकामा निकै ठुलो योगदान दिएको छ र अझ यि–यस्ता परीयोजना पालिकामा आवश्यक रहेकोमा उहाँको जोड छ ।

महिलाको प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्नको लागि पालिकामा यसले निकै ठुलो योगदान दिएको नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीदत्त अवस्थीले बताउनु भयो । उहाँले भन्नुभयो ‘समाजको पितृसत्तात्मक सोच र संरचनालाई कानूनले सहजै र छिटै परिवर्तन गर्न सक्दैन । यसको लागि यस्ता परीयोजनाको खाँचो छ, महिलाले अझै आफ्नो हक र अधिकारको बारेमा बुझेका हुदैनन पितृसत्तात्मक सोच बलियो गरी बसेको छ । ग्रामिण क्षेत्रमा यि यस्ता परीवर्तन ल्याउनको लागि यस्तै परीयोजनाको खाँचो छ र आगामि दिनहरुमा पनि हामी सहकार्य गरेर काम गर्नेछौ ।’ सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना डडेल्धुराको भागेश्वर र नवदुर्गा गाँउपालिकामा सञ्चालित छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्