मोटरसाइकल दुर्घटनामा डडेल्धुराका एक पूर्व वडाध्यक्षको निधन, बस चालक फरार

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको निधन भएको छ ।मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन भएको हो । उनी  आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्षसमेत हुन् । ऐरलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको अस्पतालमै निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् । बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्