बुढीतोलामा बस र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको सेतीमा उपचार हुँदै बस चालक फरार

काठमाडौँ – कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटसाइकल चालक घाइते भएका छन् । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर घाइते भएका हुन् ।

उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार  उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन । बस चालक भने फरार छन् । उनको खोजी भइरहेको बताइएको छ । दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्