जोन्टा क्लब अफ काठमाडाैंले गर्‍यो दाङको एक विद्यालयका ४० विद्यार्थीलाई साइकल वितरण

काठमाण्डौ – जोन्टा क्लब अफ काठमाण्डौले दाङ, हेकोली अवस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ४० बालिका तथा किशोरीहरूलाई आईतवार साइकल वितरण गरेको छ ।

सो विधालयका कक्षा ८,९ र ११ मा अध्ययन गरिरहेका किशोरीहरुलाई उक्त साइकल एक समारोहको बिच अध्यक्ष आभा शाहले वितरण गर्नुभएको छ । वडा अध्यक्षको उपस्थितीमा भएको सो समारोहमा यस क्लबका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो । यसका अतिरिक्त ४० वटा विद्यार्थीहरुलाई स्कूले झोला पनि बाँडिएको थियो ।

अध्यक्ष आभा शाहले यस समारोहमा शिक्षाको महत्वको बारे बोल्दै “एक बालिका शिक्षित हुँदा त्यो घरको परिवारमा शिक्षाको ज्योतिले उज्ज्यालो छरेको हुन्छ । शिक्षित छोरीले नै शिक्षित समाज निर्माणमा टेवा दिन्छिन् । समाजको परिवर्तनका साथै राष्ट्रको परिवर्तन र विकासमा सहयोगी भूमिका खेल्छिन्” भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्