मातृभूमीप्रतिको माया : पपरथलाको जोशी परिवारले गर्‍यो एकै वर्षमा ३६ लाख बढी सहयोग

काठमाडौँ – दार्चुला शैल्यशिखर नगरपालिका वडा न‌ं.८ पपरथला मूल घर भई महेन्द्रनगर, काठमाडौ, बेलायत र अमेरीकामा बसोबास गरिरहेको जोशी परिवारले एकै वर्षमा आफ्नो मातृभुमीका लागि रु.३६ लाख भन्दा बढी सहयोग गरेका छन्। काठमाडौ निवासी समाजसेवी  धर्मानन्द जोशीले ब्यक्तिगतरुपमा रु २२ लाखको मातृभूमी छात्रबृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ। जोशीले दार्चुलाका २ विद्यालय लेकम गाउँपालिकामा अवस्थित हुनैनाथ मावि रातामाता र शैल्यशिखर नगरपालिका–८ मा अवस्थित गलैनाथ मावि झरकडामा रु ११/११ लाखको सो छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो। यस मातृभूमी छात्रबृत्ति कोषबाट प्राप्त व्याजले ५/५ जना विद्यार्थीहरुलाई पहिलो छात्रवृत्तिका साथै ३/३ जना उत्कृष्ट शिक्षिकशिक्षिकाहरुलाई सम्मान प्रदान गरिएको छ ।

यो पनि

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

‘मातृभुमी छात्रवृत्ति अक्षयकोष’ को रकम अझै थपिदै जाने जोशीको विश्वास छ । छात्रवृत्तिले विद्यार्थीहरुको पढाईलाई थप टेवा पुग्ने जोशी बताउनुहुन्छ । शिक्षा नै समाज निर्माणको बलियो आधार भएकाले शिक्षामा लगानी बढाउनुका साथै विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ।

यसका अलावा जोशीले विभिन्न समस्यमा परेका मानिसहरुलाई सहयोग प्रदान गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा पनि जोशीले योगदान गर्नुभएको छ । उहाँले मालीकार्जुन गाउँपालिकामा पौरखी युवा अभियान मार्फत् १६ थान बढी स्ट्रेचर दान गर्नुभएको थियो। साथै दार्चुला जिल्लाको व्याँस गाउँपालिका-२ राप्लाको मालघाटमा २०७८ श्रावण १६ मा तुइन तर्ने क्रममा मृत्यु भएका स्थानीय युवा जयसिंह धामीको परिवारलाई केही राहत मिलोस् भनेर संयुक्त राष्ट्रसंघमा कार्यरत ईच्छुक नेपाली नागरिकहरुले दिनु भएको रु. १ लाख ५० हजार सहयोगलाई जोशीले संयोजन गर्नुभएको थियो। जोशीले सहयोग गरेको सम्पूर्ण रकम आफ्नो तलबबाट बचाएर सहयोग गर्नुभएको हो । उहाँ हाल संयुक्त राष्ट्र संघमा कार्यरत हुनुहुन्छ ।

यस्तै शैल्यशिखर नगरपालिका–८ मा अवस्थित गलैनाथ मन्दिर निर्माणको लागि जोशीको संयुक्त परिवारले करिब १४ लाख बराबरको सहयोग गरेका छन् ।  मनोरथ जोशी, स्व. बिष्णुदत्त जोशी र स्व. विजयराज जोशीका महेन्द्रनगर, काठमाडौ, बेलायत र अमेरीकामा कार्यक्षेत्र बनाएका छोराछोरीहरुले १४ लाख दान मन्दिरलाई संयुक्तरुपमा गरेका हुन्। सो दानबाट मन्दिरको पुरै छानो ताम्रपत्रले छाएको छ। उक्त छानो नयाँ शैलीमा बनाईएको छ। सम्भवत : गलैनाथ मन्दिर दार्चुला जिल्लाकै एक उत्कृष्ट नमूना मन्दिर बनेको जोशीले बताउनुभयो।

जोशी परिवार दार्चुला जिल्लामा एक शिक्षित, मेहनती र समाजसेवी परिवारको रुपमा चिनिएको छ। विगतमा पनि  जोशी परिवारले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ। २०४५ सालमा पपरथलामा स्व. बिष्णुदत्त जोशीले जग्गा दान दिई श्री मसिना आधारभूत बिद्यालय स्थापना गर्नु भएको थियो। साथै मनोरथ जोशीले ढीक रिम बैतडीमा एक माध्यमिक बिद्यालय र स्वास्थ्य चौकी निर्माणको नेतृत्त्व लिनु भएको थियो। मनोरथ जोशी श्री जनज्योती वहुमुखी क्याम्पस महेन्द्रनगरको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। उहाँ केहि बर्ष अघिदेखि परिवारसहित अमेरिकामा बस्दै आउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्