बाल बिवाह र त्यसको प्रभाव

बिगत लामो समय देखि बाल बिवाहा नेपाल लगायतका विभिन्न देशमा एकदमै बढ्दै गएको देखिन्छ । बालबालिकाहरु सानै उमेरदेखि विभिन्न समाजिक सञ्जाल संग जोडिए पछि बालबालिकाहरुमा सकारात्मक र नकारात्मक प्रभाव देखिदै गएको छ । बालबालिकाहरुमा नैतिक तथा सामाजिक शिक्षाको एकदमै अभाव देखिन् थालेको छ । जसकारण समाजमा नकारात्मक प्रभाव बढ्दै गएको छ । मुख्य गरेर बाल बिवाहा दुई किसिमले भएको पाइन्छ ।

१) बालक र बालिकाको राजि खुसिमा भएको बिवाहा

२) घर परिवारको दबाब या राजि खुसिमा

समाज र बालबालिकाहरुको भबिष्यलाई नकारात्मक प्रभाव पार्नुका साथै उनिहरुको जीवन चरम गरिबिमा बित्न सक्छ । साथै उमेर परिपक्व नभएका कारण विभिन्न किसिमका शाररिक तथा मानसिक संकट देखा पर्न सक्छन र भबिष्य एकदमै दुखदायि हुन सक्छ । हाम्रो समाजमा अहिले बाल बिवाहाबाट जटिल समस्या त्यति धेरै नदेखिएपनि भबिष्य एकदमै कष्टकर आउदै छ । गरिब तथा अशिक्षाको कारण बाल बिवाहले समाजमा स्थान पाउदै गएको छ । साना बालबालिकाहरुलाई बिवाह के हो र वैवाहिक जीवनमा प्रवेश गरिसके पछिको जिम्मेवारीका बारेमा थाहा नहुदा समेत बाल बिवाहा बढेको देखिन्छ। सानै उमेरमा बिवाहा गर्नेको संख्या अत्याधिक भयो भने जनसंख्या वृद्धि दर पनि ठुलो संख्यामा बढ्न सक्ने र अर्को ठुलो समस्या र चुनौति आउन सक्दछ त्यसकारण पनि आम बालबालिकाहरुलाई सजक गराउनु आवस्यक देखिन्छ।

बाल बिवाहा रोक्नको लागि गाउँ नगर बाल क्लब ,युवा क्लब, बिद्यार्थी समूह, टोल बिकास समिति, शिक्षक तथा बिद्यालय ,राजनिती दलका प्रतिनिधि, गाउँका मान्यजन पण्डित तथा पुजारी, ज्योतिषवर्ग लगायतले समन्वय गर्न सकिन्छ । यदि बालबिवाह रोक्न सकियो भने देशमा गरिबी सिधै २० देखि ३० प्रतिशतले घट्न सक्छ भने २० बर्ष पछि स्वास्थ्य क्षेत्रमा खर्च हुने ३० देखि ४० प्रतिशत खर्च कटौती गर्न सकिन्छ । यसैगरी शिक्षित नागरिकको संख्या बढ्ने छ । यसबाट मानसिक रोगिको संख्या एकदमै कम मात्रामा हुने छ । त्यसैगरी महिला हिंसा एकदमै न्यून हुनेछ । पुरुष र महिला बीचको नकारात्मक भेदभाव समाप्त हुनेछ । परिवार तथा समाजमा मेलमिलाप तथा सहयोगी भावनाको उच्च बिकास हुनेछ । त्यसकारण बाल बिवाहालाई निरुत्साहित गरौ ।

लेखक चन्द्रदेव विष्ट लेकम गाउँपालिकाका हुन् । हाल उनी पढाइको शीलसीलामा धनगढीमा बस्दै आएका छन् । 

यो पनि 

दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्