“बझाङलाई आलु जस्तै दल्हनवालीमा पनि आत्मनिर्भर बनाउने भावी योजनामा छु” – प्रमुख यादव

बझाङ – बझाङ जिल्लालाई आलुमा आत्मनिर्भर भए जस्तै अन्य दलहन बालीमा पनि आत्मनिर्भर बनाउने भावी योजनाका साथ आफु लागिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, बझाङका कार्यालय प्रमुख श्री चरित्र नारायण यादबले बताए।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना-नेपाल सरकारको दश बर्से परियोजना (२०७३-२०८३) सम्म रहेको छ। कार्यालय प्रमुख भएर यस जिल्लमा आए पश्चत हामीले गरेको पहिलो कार्य जोन क्षेत्र विस्तार हो। यस आर्थिक वर्षमा कार्यक्रम विगतको भन्दा २ महिना ढिलो आएकोले केही काम गर्ने असहज भएपनि हामीले समयमै सूचना प्रकाशन, प्रस्तावना संकलन र प्राविधिकद्वारा फिल्ड भेरिफिकेसन पश्चात कृषक/लाभग्राही छ्नौट गर्ने कार्य सु-सम्पन्न गरेका छौ। कार्यालय प्रमुख यादवले भने-“मेरो लागि सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला नयाँ परिवेश,भुगोल र यहाँको संस्कृति, भेषभुषा , रहनसहन अति नै फरक रहेकाले शुरुमा कूषकसङ्ग काम गर्न असहज महसुस भएको बताउनु भयो। आपनो पहिलो प्राथमिकता भनेको नै कृषकहरुका समस्याहरु र अवश्यक्ताहरुलाई बुझेर किसानका समस्या सामाधान गर्ने आफु लागि रहेको बताए। कूषि पेशामा संलग्न रहेका कूषकहरुलाई आफू हरबखत सहयोग गर्न तयार रहेको बताउनु भयो।

बझाङ जिल्ला आलुमा आत्मनिर्भर भैसकेको अबस्थामा अब पोश्ट-हार्भेश्ट प्रविधी तिर ध्यान दिनुपर्ने देखिन्छ। यो सगै दलहन जोन अन्तर्गत सिमि,भटमास,गहत,मस्याङ,बोडी,राजमा लगायतका दलहन बालीहरुमा एकदमै न्यून काम भएकोले त्यता तर्फ ध्यान दिनुपर्ने र किसानलाई पनि यो क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गरेर प्रोत्साहन एवम अभिप्रेरित गर्नुपर्ने देखिन्छ। कृषकलाई परनिर्भर नभएर आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनु अति जरुरी छ किनकि यस परियोजनाको अवधी अब केवल २-२.५ वर्ष मात्र बाकी छ। आफुले कार्यालयका सम्पुर्ण कार्यक्रमहरुको अनुगमन एवं मूल्याकंनको पाटोलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाउने छु। कार्यालय प्रमुख यादवले भने सम्पूर्ण सरोकारबालाहरुसंग आवश्यक सहयोग,समन्वय एवम सहकार्य गर्दै अघि बढी रहेको छु र थप समन्वय गर्ने प्रतिवद्ध्ता समेत प्रकट गर्नु भयो।कृषकवर्गमा अनुरोध एवम विन्ती साथै निवेदन के गर्न चाहन्छु भने बाहिर फैलिएको अफवाह/भ्रममा नपरी कृषि कर्ममा लाग्नु र कृषि मूलश्च: जीवनम भने झै कृषक हाम्रो भगवान हुन र हामी कृषकका साथी हौं-प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, बझाङका प्रमुख श्री चरित्र नारायण यादबले बताए।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी लगानीबाट संचालित परियोजना हो र यसमा वैदेशिक सहयोग नरहेको समेत जानकारी दिनुभयो।

त्यसैले स्वदेशी लगानीको समुचित उपयोग गर्दै जिल्लालाई आलुवाली जस्तै दल्हन वालीमा पनि आत्मनिर्भर बनाउ भन्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो। यसमा जिल्ला स्थित अन्य कृषिसग सम्वन्धित कार्यलयहरुले समेत ध्यान दिनुपर्ने बताए। प्रधानमन्ती आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, बझाङबाट अहिले कृषक/लाभग्राहीहरु छ्नौट भएर सम्झौताका कार्यहरु अगाडि वढाएर समयमै सम्झौता गरि कार्यक्रम सन्चलनमा सहयोग गरिदिनु हुन सम्पूर्ण छनौट भएका कृषक महानुभावहरुमा विनम्र अनुरोध समेत गरेका छन् जिल्लामा रहेका कृषिसग सम्वन्धित अन्य कार्यालयहरुले आलु र दल्हन बाहेकका अन्य बालीहरु(जस्तै-तरकारीबाली, खाद्यन्नवाली आदि)लाई समेटेर विभिन्न कार्यक्रमहरु निर्माण गरी संचालन गर्नुपर्ने देखिन्छ। यसो गरेमा पक्कै पनि बझाङ जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने यादवको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्