प्रसंसा श्रृजनशिल महिला समाजको साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

काठमाडौँ – प्रसंसा श्रृजनशिल महिला समाजको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट नयाँ अध्यक्षमा द्रुपता शाही निर्वाचित भएकी छिन् । शनिबार काठमाडौँमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा शाही निर्वाचित भएकी प्रसंसाका अध्यक्ष हरि अवस्थीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कमला पोखरेल भट्ट, सचिवमा इन्दिरा पाण्डे, सह–सचिवमा ललिता श्रेष्ठ, कोषाध्यक्षमा रुक्मिणी धामी, सदस्यहरुमा कमला सिंह, रिला श्रेष्ठ, शान्ती कसी, कमला बिष्ट, बाला खडका, भागिरथी बिष्ट, कमला बोहरा, हिरा साउद ऐरी निर्वाचित भएका छन् ।

प्रसंसा श्रृजनशिल महिला समाजले काठमाडौँमा बसेर सुदुरपश्चिमको संस्कृति र साहित्यको संरक्षण, सम्बर्धन तथा प्रवर्धनकोलागि काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्