वित्थडचिर गाउँपालिका को पाचौं राष्ट्रपति रनिंगशिल्ड आजबाट शुरु

बझाङ – बित्थडचिर गाउपालिका स्तरीय पाँचौ राष्टपति रनिङसिल्ड प्रतियोगीता सुरु भएको छ । बित्थडचिर गाउपालिका खेलकुद समिति अध्यक्ष कमल अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गाउपििालका अध्यक्ष अम्मर सिंह महर रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी वित्थडचिर गाउपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल र जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुष्पलाल रोकाया रहनुभएको थियो । अतिथीहरुमा ९ ओटै वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि,समाजसेबी बुद्धिजिबी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष महरले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रमबा बोल्दै गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लले भनिन प्रतियोगितामा सहभागी विद्यार्थीहरुले जित हारको रुपमा नभएर सिकाई र उपलब्धीका रुपमा आफुलाई सहभागी गराइ खेलाडिहरुलाइ अनुशासीत र मर्यादित भएर खेल खेल्न समेत आग्रह गर्नुभयो ।

उक्त प्रतियोगीतामा बित्थडचिर गाउपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालयको सहभागीता रहेको छ ।  पहिलो दिन छात्रछात्राको सर्टपुट लम्जम्प त्रिपल जम्प, १०० मिटर र १५००मिटर दौड,खेलहरु भएका छन । बाकी खेलहरु भोलि बिहानबाट सञ्चालन हुने जनाइएको छ । राष्टपति रनिङसिल्ड प्रतियोगीता बित्थडचिर गाउपालिका वडा नमबर ९ को सुनकुडा मा बि मा भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्