तिमी शासक भैदियौ, अनि म शोषित

तिमी करोडौका गाडीमा रङ पोतेर पुजा गछौँ ,
म त्यही सय पर्ने हसियालाई, अनि कुटो, कोदालीलाई ,
तिनै औजारले उव्जाएको अन्न ले ।
तिमी सर्वाहाराको प्रतिनीधित्व गछौ
म श्रमजिवी किसानको ,
तिमी करोडपतिको ट्रेन्डिङमा पछौँ ,
म श्रमजिवी किसानको ।
तिमी हुनेखाने वर्गको ,
म गरिव तथा निमुखा वर्गको ।
तिमी करोडपति छौँ र पनि कन्जुस छौँ ,
म गरिव भएपनि विशाल र विराट मन भएको ।

तिमी मेरै पाखुराको पौरखले लेदो सँग भिडेर ,
शरीरले घाम , पानी नभनी झरीमा रुझेर ,
कयौ छाकँ भोकै ,अनि कयौ तितामीठा पल गुजारेर महिनौ सम्म खेतको शत्रुसँग युद्द गरेर, उब्जाएको चामलमा ,
तिमी भने ,फट्याई गरेर कमाएको अकुत सम्पति वाट झिनो रकम झिकेर, फलानो ठाउँको,फलानोलाई यति वोरा वाडे ,यति केजी फलानोलाई दिए । भनी आफ्नो रवाफ जमाउन खोज्छौ ।
तर ,त्यति भन्दै गर्दा तिमीलाई यत्ति हेक्का नरहेछ , कि त्यो सव,
उहीँ किसानहरुको देन र मिहेनत हो ,
र आज म पनि उनीहरुकै श्रम र पसिना वाडिँरहेको छु ।

वोराका वोरा उब्जाउने म जस्ता तमाम किसानलाई सम्झने र प्रोत्साहन गर्ने आटँ र दिल तिमी भित्र रहेनछ ।
त्यसैले विश्वकर्मा पुजामा तिमीले र मैले
पुजा गर्ने विधि देखि वस्तुसम्म र पद्दति देखि पथसम्म फरक छ।
म २४ सै घण्टा हातका नाङ्रा खियाएर पनि गरीव छु ,
तिमी २४ सै घण्टा मग्नमस्त भएर पनि करोडपति छौ ।
कारण यहीँ हो ,
यहाँ तिमी शासक भैदियौ ,
अनि म शोषित ।

लेखक : कृष्णदेव जोशी
लेकम -५, दार्चुला

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्