विदेशी च्यानलबाट विश्वकप फुटवल हेर्न नसकिने, अतिरिक्त शुल्क तिरेर नेपाली च्यानलबाट हेर्न सकिने

काठमाडाैं – मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु विदेशी च्यानलहरुबाट हेर्न नसकिने भएको छ । जसका लागि नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन् । जसका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अतिरिक्त शुल्क प्रति सेटअप बक्स ५ सय रहने छ ।

नेपालमा बसेर विदेशी टेलिभिजन च्यानलमा विश्वकप हेर्न पाइने सुविधा यस बर्ष रहेको छैन । फिफाले नेपालका लागि ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार दिएका कारण विदेशी च्यानलबाट नभई नेपाली च्यानलबाट खेल हेर्न सकिनेछ ।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने छ । सम्भवतः हिमालय टेलिभिजनबाट प्रशारण हुने अनुमान गरिएको छ तर मिडिया हबले अन्तिम टुंगो भने लगाएको छैन ।

नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो असवरलाई सबै मिलेर सफल बनाउन मिडिया हबले आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्