श्रृङ्गारिक रचना

तिम्रो शरीरमा हिमाल पहाड तराई देख्छु।

हिमालको उकाली चढ्दा लागेको भोक, प्यास र तिर्खा साथै थकाई म तिम्रो शरीरमा देख्न सक्थे।
हिमाल टल्किएर सरि टल्किएका तिम्रो निदारमा ती पसिनाले मेरो मन पगालि दिन्छ।
उफ त्यसमाथि हिमालको बतास यसरी मुटु भित्र पस्थ्यो कि तिमीले थकाइले गरेको त्यो स्वा स्वा आवाज जस्तै लाग्थ्यो र मलाई घाइते बनाईदिन्थो।
हिउँको चिसो बतासलाई तताउन तिम्रा आँखाका ती दुई नयन काफि छन्। हिँउका ती भुवा मलाई तिम्रो कामुक ओठ जस्तो लाग्थ्यो कोमल मुलायम आहा…

म अब पहाड तिर लाग्दै छु…
पहाडका ती ठुलाठुला डाँडाहरुले मन भुलाईदिन्थ्यो। डाँडामा पल्टिने गर्छु केहीबेर निदाउछु पनि मलाई खुब आनन्द लाग्छ। शितल हावाले शरीर शान्त बनाईदिन्थ्यो। पहाडका खोल्सा हुदै म केही तल तिर लाग्छु

तराईको यात्रा….
हिमालको चिसो बतास संगै पहाडमा केहीछिन निदाएर म तराई झर्दै छु पहाडका ती डाडाहरु हुँदै तराईका झाडीमा पुग्छु । तातो हावाको हस्कोले मन तन बिगारिदिन्छ। म पानीको खोजिमा तराईका सम्मो बारिमा पलाएका झारहरु हुदै इनारमा पुग्छु। म मन तनको प्यास मेट्छु।
केहीछिनको यात्राले मलाई थकाइ दिन्छ म तिम्रो शरीरलाई हिमाल पहाड तराई सम्झि निदाउछु।
#लैलै✍️

लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

 

को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्