काठमाडौं – शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौं महानगरपालिका-३० डिल्लीबजारबाट अग्रवाललाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
उक्त मुद्दामा अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।



