गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन

काठमाडौं – सरकारले मुगुको सोरु गाउँपालिका-१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहेका छन्। समितिलाई सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको नौबुँदे सहमतिअनुसार सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्ने प्रतिबद्धता कार्यान्वयनस्वरूप सरकारले उक्त समिति गठन गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्