दार्चुलामा यातायात व्यवसायीको मनलाग्दो भाडा दर, प्रशासन पास दिन्छ भाडा नियमन गर्दैन

काठमाडौँ – दार्चुलामा यातायात व्यवसायीलेहरुले सर्वसाधारणहरुबाट मनलाग्दो भाडा दर असुल्ने गरेका छन् । लकडाउनको मौका छोपेर व्यवसायीहरुले ३ गुणा सम्म बढी भाडा असुल्ने गरेको एक यात्रुले बताए । दार्चुलाको गोकुलेश्वरबाट कैलालीको अत्तरिया जाने एक यात्रुले भने ‘प्रशासनले पास दिन्छ, भाडा नियमन गर्दैन, प्रहरीहरुलाई थाहा नभएको होईन तर सबै मौन छन्, हामीहरुको समस्या कसले बुझ्ने । उनले अगाडी थपे, ‘पहिला गोकुलेश्वरबाट अत्तरिया पुगेको भाडा ७ सय देखि ८ सय सम्म लिन्थे तर अहिले १५ सय देखि २ हजार सम्म भाडा दर असुल्ने गरेका छन् ।’ बसमा भएका सहचालकहरुले पैसा माग्छन् टिकट दिदैनन् । टिकट माग्दा बसहरु चलेका छैनन् यो पास भएको बस हो । टिकट पाइदैन भन्दै थर्काउने गरेको यात्रुहरुको गुनासो छ ।

यति मात्रै हैन दार्चुलामा चल्ने छोटो दुरिका सवारी सधानहरुमा पनि मनलाग्दो भाडा दर असुल्ने गरेका छन् । गोकुलेश्वरबाट सदरमुकाम खलंगा सम्मको साविकको भाडा दर ३ सय देखि ३ सय ५० सम्म लिने गरेको थियो तर लकडाउनको समयमा ८ सय देखि १ हजार सम्म भाडा दर असुल्ने गरेका छन् । यस विषयमा सम्बन्धित निकाय भने मौन छ । प्रशासनले पास दिन्छ तर भाडा दर नियमन गर्दैन । यो समस्या दार्चुलाको मात्र नभएर देशभरीकै हो । पावर र पहुँचवालाले पास लिने र चर्को भाडादरमा यात्रु ओसार पसार गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्