सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै शाहलाई तत्काल पक्राउ नगर्न निर्देशन दिएको हो। साथै, अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।

यसअघि शाहले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमा गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाइएको छ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशसँगै हालका लागि उनको पक्राउ प्रक्रिया रोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्