को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

काठमाडौ – सामाजिक सञ्जालका कारण अहिले शहरदेखि गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल हुन थालेका छन् । उनीहरुको अनौठो कलाका कारण सामाजिक सञ्जाल’मा भाइरल हुन्छन् । पछिल्लो समय अधिकांशले रुचाएको तथा भिडियो पोष्ट गर्ने एप्लिकेशन बनेको छ टीकटक । मानिसहरुले विभिन्न विधाहरुमा आफ्नो खातालाई दर्शकमाझ पुर्‍याएका छन् । यस्तै एक फरक बिधामा टीकटकमा चर्चित हुन पुगेकी छिन् ममता अर्याल लैलै ।

टीकटक खोल्ने वित्तिकै ममता अर्याल लैलै ले पोष्ट गरेको भिडियोहरु नदेखिनै कमै होलान् । उनले साहित्य क्षेत्रमा विशेष गरी जोड दिएको पाइन्छ । विभिन्न शिर्षकमा साहित्य, गजल, मुक्तक, सायरी बनाएर पोष्ट गर्ने गरेकी छिन् जुन टीकटक दर्शकहरुले अत्यधिक रुचाएका छन् । उनी साहित्य क्षेत्रमा मात्र नभई टीकटक मार्फत पर्यटन प्रवर्द्धन गर्नमा पनि उत्तिकै कटिवद्ध भएर लागिपरेको देख्न सकिन्छ । उनको टीकटक अकाउन्ट खोल्दा अधिकांश साहित्यीक तथा पर्यटकीय क्षेत्रहरुको भिडियो देख्न सकिन्छ । करिब ३० भन्दा बढी जिल्लाहरुमा भ्रमण समेत गरि सक्नुभएकी अर्याललाई थुप्रै ठाँउहरुको बारेमा अनुभव बटुलीसक्नुभएको छ ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा रहेको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा उहाँले सामाजिक सञ्जाल मार्फत गरेको योगदान अतुलनीय रहेको देख्न पाइन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमण गर्न उनले गाईड तथा सहजकर्ताको भूमिका समेत निर्वाह गर्दै आउनुभएको छ । सामाचार प्रकाशन गर्दासम्म उहाँको टीकटक अकाउन्टमा एक लाख एकाउन्न हजार बढी अनुयायीहरु (फ्लोवर्स) रहेका छन् ।

को हुन ममता अर्याल लैलै?

लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको पहाडी भेग छत्रकोट गाउँपालिका वडा नं. ३ लुम्छामा बुवा हुमा अर्याल तथा आमा माया अर्यालको कोखबाट २०५४ साल असोज २६ गते जन्मिएकी ममता अर्यालको हालको बसाई पनि सोहि ठाउँमा रहेको छ । पाँच जनाको परिवारमा घरकी जेठी छोरी अर्यालका २ भाइ रहेका छन् ।

कक्षा ५ सम्म श्री भगवती प्राथमिक विद्यालय लुम्छामा अध्ययन गरेपश्चात कक्षा १२ सम्म श्री जनता माध्यमिक विद्यालय श्रृङ्गामा अध्ययन गर्नुभएकी लैलैलाई यस क्षेत्रको बाटो अंगाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रेरणाका पात्रहरू भनेको घर परिवार हुन । उनी भन्छिन् “पोखरा प्रकट पंगेनी शिव सर उहाँ नेपालको श्रृङ्गार रसको राजा हो, उहाले दिएका हौसला साथै दर्शक हरुले वाह गरिदिनु नै मेरो लागि प्रेरणा हो ।”
स्थायी रुपमा खासै कुनै पेशा मानेर कार्यरत नभएतापनि गाईडको रुपमा काम गर्दै जीविकोपार्जन गर्नुभएको छ । डुल्दै घुम्दै गर्दा जस्तालाई त्यस्तै काम भने जस्तो कहिलेकाही मुगु रारा तालको गाईड गर्ने लैलै अनलाइनमा समेत काम गरेर आयआर्जन गर्ने गरेको छ । उनले भ्रमण गरेका स्थलहरुः मुगुको राराताल, जुम्लाका पर्यटकीय स्थलहरु, दैलेख, सुर्खेत, नेपालगन्ज, पोखरा, पाल्पा लगायतका थुप्रै ठाँउहरु छन् ।

उपहार खबर सम्पादक रामदत्त मिश्रले उनीसँग गरेको कुराकानी

साहित्यमा रुचि हुनुको कारण के हो ?

लेख्न लागेको चाहिँ यस्तै १०/११ तिर पढ्दै गर्दा हो एकदिन प्रकट सरका ती मिठा गजलहरुले मोहित बनायो म पनि लेख्न सक्छु कि भनी आफै कोर्दा कोर्दै साहित्य तिर रुचि बढ्यो अझ अरुले त्यसमाथि तारिफ गरिदिदा अझै रुचि बढ्यो गुरु बिना लेख्न सिकेकी म के कस्तो मिलाउनु पर्छ नेटमा हेर्ने गर्थे लहलहैमा लागेर लेख्न सिकेको एकपछि अर्को राम्रो हुँदै गएपछि लहलहै मा लागेर राम्रो काम पनि हुने रहेछ भनेर नाम नै लैलै हुन गएको हो ।

टिकटकबाट कस्तो प्रतिक्रिया आउने गरेको छ ? कतै नराम्रो प्रतिक्रिया त आउदैन कि ?

कसैले राम्रो कमेन्ट गर्दा खुसी हुने कसैले नराम्रो कमेन्ट गर्दा दुखि हुने गर्दिन । आफुले राखेको पोस्टमा आएका कमेन्ट सहन सक्नुपर्छ । राम्रो कमेन्ट छ भने ठिक छ आभारी छु । तर नराम्रो छ भने म ध्यान दिने गरेकी छैन । आफ्नो गालामा भएको लाम्खुट्टे लाई हान्नु भनेको आफुलाई नै हान्नु हो लाम्खुट्टे मरेपनी आफुलाई दुख्ने नमरे पनि आफुलाई दुख्ने जब फोहोर मा हात राख्छौ आफैलाई फोहोर लाग्छ त्यसैले नराम्रो कमेन्ट खासै आउदैन आएभने यसै गर्ने गरेकी छु ।

यस क्षेत्रमा सहयोग गर्ने प्रेरणाका पात्रहरू को को हुनुहुन्छ र कसलाई सम्झिन चाहनुहुनन्छ ?

सबैभन्दा पहिले घरपरिवार बाट साथ सहयोग र त्यस्तै पोखरा प्रकट पंगेनी शिव सर उहाँ नेपालको श्रृङ्गार रसको राजा हो। उहाले दिएका हौसला साथै दर्शक हरुले वाह गरिदिनु नै मेरो लागि प्रेरणा हो ।

तपाईको पेशा के हो ?

पेशा नै मानेर गरेका काम चाहिँ अहिलेसम्म छैन । तर डुल्दै घुम्दै गर्दा जस्ता लाई त्यस्तै काम भने जस्तो कहिलेकाही मुगु रारा तालको गाईड गर्छु । यस्तै अनलाइन कामहरु गर्न मन पराउछु अलिअलि गर्छु यसैले पुगेको छ ।

कति ठाउँमा भ्रमण गर्नुभयो ?

भ्रमण गरेका स्थलहरुः मुगु राराताल , जुम्ला का पर्यटकीय स्थल,दैलेख,सुर्खेत ,नेपालगन्ज ,पोखरा पाल्पा यस्तै धेरै छन् । हालसम्म जिवनमा आएका सुख दुख हरुः याद हुने खालको दुख खासै परे जस्तो लागेन यहिनै एउटा सुखको कुरा हो ।

कति जिल्लाको भ्रमण गर्नुभयो अहिलेसम्म ?

हालसम्म कम्तिमा पनि ३० जिल्ला भन्दा धेरैमा पुगेकी छु ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्