काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०८२ का लागि अन्तिम चरणमा छनोट भएका १० उत्कृष्ट कृतिको सूची सार्वजनिक गरेको छ।
गुठीका अनुसार यस वर्ष अज्ञात, इथा, उत्कर्ष, नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, नेवार समुदायका परम्परागत मुकुन्डोनाच, परिधि, महायुग, सलह, स्वस्पर्श र हिउँद शीर्षकका कृतिहरू अन्तिम सूचीमा परेका छन्।
यी १० कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ। नेपाली भाषा, साहित्य, इतिहास, संस्कृति तथा अनुसन्धानका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने कृतिलाई हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार नेपालको सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक मानिन्छ।



