चाबहिलमा घरको छतबाट हामफालेका कपडा व्यवसायीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरको चारतले छतबाट हामफालेका एक कपडा व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा ४९ वर्षीय नवीन अग्रवाल रहेका छन्। उनी सोमबार आफ्नै घरको छतबाट हामफालेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्तूपा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार अग्रवाल लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। घटनास्थलबाट विषादीको एक बट्टासमेत बरामद भएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्