“नेपाल र भारतमा फरक”

मेरो मूलका तिम्रा आदिवासीहरूले
गोर्खा ल्याण्ड माग्दा
म केही बोलिन, तिम्रो आफ्नै समस्या भनेर
म शक्तिशाली हुदो हुँ त त्यो जमिन पनि
मेरै थियो र हुने पनि थियो
टिष्टा देखी सतलज सम्म
म लिन्थ्ये, सुटुक्क दिन्थ्यौ तिमी
पोर्चुगल ’मकाउ’ चीनलाई दिए झैं
तर दुर्भाग्य
मेरो खोसिएको जमिन फर्काउन सकेन
र पो तिमी मेरा मित्र भएर नी ’दादा’ भयौ ’दुश्मन’ भयौ
तिम्रा मुलका अंगीकृत नेपालीहरू
जो तराइ–मधेशमा बस्छन, बसाल्यौ
तिनिहरूलाई उचालेर
आज तिमी आफ्नो स्वार्थ का निम्ति लड्दैछौ
आफ्नाहरूका लागि लड्दै छौ
मेरो आंगनी मा आएर
साथ–साथै मेरो मुलुक निल्ने दाउ खोजिरहेछौ
सक्छौ
नाकाबन्दी नै किन ?
खाऊ सिङ्गो मुलुक नेपाल
तर सक्दैनौ
कदापी सक्दैनौ
कारण तिम्रो नियतमा खोट छ
र थांहा छ तिमीलाई
गोर्खाली उर्फ नेपाली
१ थोपा रगत र १ मुट्ठी सांस रहुन्जेल
भोक भोकै, लड्छ
म हिजो तिम्रो भूमिमा तिम्रै निम्ति लडेथे
निस्स्वार्थ, निस्शंकोच
तिमि आज मेरो भूमिमा
निर्लज्ज तिम्राहरूका निम्ति लड्दैछौ
आफ्नो स्वार्थका निम्ति केवल आफ्नो स्वार्थका निम्ति
किनकी तिमि मेरा एक असल मित्र छौ,
के असल मित्र को कर्तव्य यस्तै हुन्छ र ?
मैले आज आएर बुझें
मेरो जमिनमा फलेको संविधान को
बृक्ष ढाल्ने तिमी नै रहेछौ
२००७ साल देखी २०७७ सम्मको यात्रामा
कहिले नेताहरू खेलाएर
कहिले राजतन्त्र, राणातन्त्र पोस्न लगाएर
अनि उदार जस्तो देखिन ढाल्न लगाएर
अनि कहिले आफ्ना भाडाका मान्छे पठाएर
मेरा कलकारखाना, उधोगधन्दा बन्द गराएर
आफ्ना उधोगधन्दा विस्तार गरेर
मलाई आर्थिक गुलाम बनाउने
तिम्रो कसरत सफल झैं देखियो
अहिले पनि
म तिम्रो भूमि बचाउन अग्रपङ्क्तिमा लडिरहेछु
युद्धको मैदानमा कारगील, लद्दाख र कश्मीरलाई सोधे भो
वीर गोर्खालीको गाथा
तिमी मैले मेरो जमिन बचाउन खोज्दा
गोली ठोक्दै सीमा मिचेर भित्र पस्यौ
मेरो प्रिय मित्र!
अनि म तिम्रो अर्थ गार्डेन गोडमेल गरिरहेछु
एक इमानदार मजदुर भएर
तिम्रा उधोगधन्दा हरू लाई बुझ
तर मित्र!
मैले अथक पिडा सहेर
संविधान आफ्नै जमिनमा फलाउंदा
असफल पार्न चलखेल गर्यौ
जोर चलेन
संविधान आयो
तिमीले धन्यवाद सम्म नदिइ मेरो तराई
मेरो मधेश निल्ने दाउ खोजिरहेछौ,
मधेशी र थरूहट को नाममा
तिमि र म मा फरक यहीं छ
मधेश, थरूहट मेरो हो
मेरो आन्तरिक मुद्दा हो
मेरो देश को आंगन हो ,
हस्तक्षेप स्वीकार्य छैन
मित्र !
यस्तै हो भने एक राष्ट्र एक प्रदेश हुन्छ
म संघियता चाहिदैन पनि भन्न सक्छु
यो मेरो स्वतन्त्र अधिकार हो
यो मधेश ले पनि सुनोस् जानोस्
आखिर संघियता के का लागि
मुलुक सबल पार्न वा देश टुक्राउन ?
तिमी ले नाकाबन्दी गरिदियौ
त्यो पनि अघोषित
याद छ
तिमीले संविधान कोर्ने बेला
मैले दीपावली मनाएथे
मैले संविधान कोर्ने बखत
तिमीले नाकाबन्दी गरिदियौ
तिमि र म फरक यहीं छ
मित्र !
मेरो संविधान तिम्रो संविधान भन्दा
कुनै मानेमा कम छैन्
तिम्रो भन्दा उत्कृष्ट छ
समावेशी छ,समतामुलक छ,
केवल तिम्रो स्वार्थ अन्तरनिहित छैन्
र त धन्यवाद सम्म दिने कष्ट गरेनौ
’छोरी-बेटी मा ’सम्बन्ध सम्म सम्झेनौ
कारण तिम्रो मन कालो छ,
तिम्रो धर्तिमा गंगा बगेकी छिन्
तर
तिम्रो मन गंगा जस्तो पवित्र हुन सकेन
विडम्बना
म तिम्रो धर्ति लाई अंग्रेजी साम्राज्यवाद को जालो बाट बचाउन
कालामनका गोराहरू लाई धपाउन
तिम्रो माटो स्वतन्त्र पार्न
तिम्रा हात खुट्टा बांधिएमा माखे साङ्ला हरू फुकाउन
लडें तिम्रो धर्तिमा
शुद्ध मनले
बलिदान दिए
शहादत प्राप्त गरे बदलामा केही मागेन
तिमिले धन्यवाद दिने कष्ट सम्म गरेनौ भित्रि मनले
म आफु कहिल्लै गुलाम भइन, छैन र हुन पनि चाहदैन
तिमिलाई पनि परतन्त्रता को जालो अनि अत्याचार बाट जोगाउन सघाए
एउटा असल छिमेकी-छिमेकी लाई सहयोग गर्ने कर्तव्य न हो
अनि के चाहियो र धन्यवाद?
बार बार सिमाना सार अझैं सार
गोलीले होइन तोपले मार अझैं मार कालापानी र लिपुलेक मा सडक बना,अझैं बना
अस्मिता र अस्तित्व माथि प्रहार गर अझैं गर
अनि मात्र जाग्ने छ हामी भित्रको
कालु ,बलभद्र र भीमसेनको आत्मा
वीरता अनि सुरताको इतिहास
कालापानी अनि लिम्पियाधुरा को कथा
खोक्रा नारा र पुतला दहन गरेर हुंदैन
धर्ना अनसन र कालो पट्टीले हुंदैन
आमाकै काखमा छोरा मारिएको छ
छोराको रगतले आमा को छाति रक्ताम्य भएको छ
रगतको एक एक छिटाको व्याज असुल गर्नुछ
अहिंसावादी गांधीलाई पिता मान्ने अनि गोली हाल्ने
पक्कै नालायक र कुपुत्र हुनुपर्छ
बुद्ध का सन्तान हामिलाई पिताको वचनले रोकेको थियो
जाइ नलाग्नु आइ लाग्ने लाई नछोड्नु पुर्खा को उपदेश
कालापानी,लिपुलेक र लिम्पियाधुरा लाई मुटु बनाई अगाडि बढ्नुपर्छ
युद्ध बाट होइन, शान्तिपूर्ण वार्ता बाट कालापानी,लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ
कालापानी,लिपुलेक र लिम्पियाधुरा मा नेपाल को झण्डा गाड्नुपर्छ
दुस्मन नपस्ने, सीमाना बलियो पर्खाल लगाउनुपर्छ
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकाे अभिन्न अंग हुन
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको होइन भन्ने पक्कै राष्ट्घाति भारतीय दलाल हुन
कुटी, नावी र गुन्जी का नेपाली जनतालाई छिट्टै नेपाल को पहिचान दिनुपर्छ
कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गरेन भने नेपालले टिष्टादेखी सतलजसम्म दाबी गर्नुपर्छ
कालापानी, लिपुलेक र लिम्पियाधुरा मा भारतीय सेनाले परेड खेल्दा दार्चुलाबासी कति रोएका होलान
कालापानी, लिपुलेक र लिम्पियाधुराको लागी दार्चुलाबासी ज्यान नै दिन तयार होलान
कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयां नक्सा जारी गर्दै संवैधानिक मान्यता दियो
मित्र भनौदो भारतले आफ्नै जमिन समेटेर बनाएको नयां नक्साको विरोध नेपालको झण्डा जलाई दियो
कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको वास्तविक नक्सा जारी गरेर नेपाल सरकारले स्याबासी पायो
कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ब्याक हुन नेपाली जनताले भारत लाई खवरदारी गर्यो

नक्सामा मात्रै जमिन भएर हुंदैन सरकार, त्यो जमिन फिर्ता ल्याउनुपर्छ कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको पुर्ण स्वामित्व कायम गरेर सरकारले युगौंयुग सम्म आफ्नो नाम इतिहासमा लेखाउनैपर्छ पहिचानका लागी भए पनि अब दार्चुलाबासी जनता ले अग्रपङ्क्ति मा लड्नै पर्छ अनि पो कालापानी काठमाण्डौं लाई किन दुख्दैन?भन्ने राष्ट्रवादी नेता प्रेम सिंह धामीले श्रद्धांजलि ग्रहण गर्छ ।

 

कविता रचनाकार: निर्भिक बोहरा, रानीशिखर,कांडापारी, दार्चुला 

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्