व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौँ – सर्वोच्च अदालतको पूर्ण इजलासले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा अघिल्लो फैसला उल्ट्याउँदै आरोपित गोविन्दबहादुर बटाला ‘जीवित’ लाई १० वर्ष कैद सजाय हुने ठहर गरेको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासले बिहीबार उक्त फैसला सुनाएको हो। यसअघि जिल्ला अदालत चितवनले बटालालाई ३ वर्ष कैद सजाय सुनाएको थियो भने उच्च अदालतले सो फैसला सदर गरेको थियो। पछि सर्वोच्च अदालतले सफाइ दिएको भए पनि पुनरावलोकनपछि पूर्ण इजलासले सजाय बढाएर १० वर्ष कायम गरेको हो।

२०६५ साल वैशाखमा व्यापारी रामहरि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा लगिएको थियो। त्यहाँ भएको कुटपिटका कारण उनको मृत्यु भएको र शव नारायणी नदीमा फालिएको अवस्थामा फेला परेको थियो। यस घटनामा संलग्न भनिएका ड्राइभरले भने अदालतबाट सफाइ पाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्