विभिन्न देशबाट १३ सय १० नेपाली स्वदेश फर्किए (कहाँबाट कति), भोली यी देशमा उडान हुने

आज ८ उडानमार्फत १३ सय १० नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३ सय ८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १ सय ४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १ सय ५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २ सय १० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ । भोलि पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ । भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्