रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रियाको नवौं शृङ्खला सम्पन्न

रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’को नवौं शृङ्खला सम्पन्न भएको छ । शनिबार ‘प्रकृति र औषधी’ शीर्षकमा करिब डेढ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १०० जनाको सहभागीता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा युनेस्काेद्वारा प्रदान गरिने   ‘2019 Atta-ur-rahman award in Chemistry’ तथा नास्टद्वारा प्रदान गरिने ‘विज्ञान र प्रविधि युवा पुरस्कार-२०७६ बाट पुरस्कृत डा. अच्युत अधिकारीले ‘प्रकृति र औषधि’ विषयमा बोलेका थिए । कार्यक्रममा विद्यार्थीका करिब दर्जन बढी प्रश्नको जवाफ डा. अधिकारीले दिएका थिए ।

कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक तथा सिसानका प्रमुख सल्लाहकार प्रा. डा. रामेश्वर अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रा. डा.  अधिकारीले लकडाउनको समयमा यस्ता अनलाईन अन्तरक्रिया कार्यक्रम विद्यार्थीका लागि उपलब्धिमुलक रहने र विद्यार्थीले अध्ययन सँगसँगै अनुसन्धानलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, आकाश घिमीरे र विकास निरौला प्राविधिक रहेका थिए । कार्यक्रममा संस्थाका अनुसन्धान संयोजक सौरभ कटुवालले ’कोरोना अपडेट’ गराएका थिए भने संस्थाका सदस्य पुर्णिमा शर्माले वक्ताहरुको छोटो परिचय प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा उपाध्यक्ष सुरज पन्थले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव संजीव श्रेष्ठले गरेका थिए ।  संस्थाले कोरोना भाइरस सम्बन्धि ’कोरोना खोज’ नाम न्युजलेटर पाक्षिक रुपमा प्रकाशन गर्दै आएको र पछि पुस्तकको रुप दिने योजना रहेको अध्यक्ष रोका मगरले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्