आज बसेको नेकपा स्थायी कमिटी बैठकमा २१ सदस्यले धारणा राखे, ओलीले बीचमै बैठक छाडे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो दिनको बैठकमा २१ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।

बैठक पार्टी अध्यक्षद्वयको उपस्थितिमा शुरू भएको थियो । बैठक सुरु भएको केही समयपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य असहजताको कारण देखाउँदै बैठक छोडेका थिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“ र महासचिव विष्णुप्रसाद पौडेलले बैठक निरन्तर अघि बढाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शनिबारको बैठकमा शुक्रबार देखि जारी नेपालको सीमा समस्या र समाधानका बारेमा कमरेडहरू देवेन्द्र पौडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना विचार राखेका थिए ।
भोलि असार १४ गते मदन जयन्ती र पर्सी १५ गते धान दिवसका विभिन्न कार्यक्रमहरू रहेकाले अर्काे बैठक असार १६ गते बिहान ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्