बीपी राजमार्गमा बस दुर्घटना : हालसम्म दुर्घटनास्थलबाट ७ जनाको शव निकालियो

Photo: Janak Basnet

काभ्रे – बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोकतर्फ जाँदै गरेको यात्रुवाहक बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको छ। नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडा हुँदै रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलमा खटिएका छन्।

स्थानीय प्रहरीका अनुसार हालसम्म दुर्घटनास्थलबाट ७ जनाको शव निकालिएको छ। साथै अन्य घाइतेहरूको उद्धार तथा उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने कार्य भइरहेको छ। दुर्घटनाको कारण र बसमा सवार यात्रुको यकिन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ भने मृतक तथा घाइतेहरूको पहिचान खुलाउने काम जारी रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्