कैलाली- लागूपदार्थ र लागू औषध दुर्व्यसन विरुद्धको सम्बन्धी सचेतना कार्यक्रम कैलालीमा सम्पन्न भएको छ। जिल्लाको गाैरिगंगा नगरपालीका वडा २,९,१० मा रहेका श्री जनचेतना आधारभूत विद्यालय, श्री शिवालिक आधारभूत बिधालय , श्री माहादेव माध्यमिक बिधालय ,श्री सरस्वती माध्यमिक बिधालय र श्री मालिका माध्यमिक बिधालय गाैरिगंगा नगरपालीका वडा नं २,९ र १० मा रहेको आधारभूत र माध्यमिक विद्यालयहरुमा सचेतना कार्यक्रम सम्पन्न भएकाे हाे ।
नेपाल स्काउट शुदुर पश्चिम प्रदेश कार्यालयको आयोजना मा सो कार्यक्रमा सम्पन्न भएको छ ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले लागूपदार्थ भनेको के हो र लागूपदार्थको प्रयोग, उत्पादन , सेवन गर्दा र कानुनी सजायको बारेमा जानकारी लिएको बताए । सम्पुर्ण बिद्यार्थीहरुले भने’ अब धेरै कुरा थाहा भयो , हाम्रो समाज, स्कूल र घरमा लागुपदार्थ र यसको कानुनी सजाएको बारेमा सबै लाई जानकारी दिने पनि सम्पुर्ण बिधालयका विद्यार्थीहरुले प्रतिबद्धता पनि जनाए।
सचेतना कार्यक्रममा नेपाल स्काउटका लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम का प्रशिक्षक पुष्कर अवस्थीले लागूपदार्थ भनेको के हो,यसमा कसरी फसिन्छ,यसको सेवनले शारिरिक, आर्थिक र समाजमा कस्तो ख्यालको असर गर्छ र यस बाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण गराउनु भएको थियो र उनलाई स्काउट प्रशिक्षक श्री आरती बम र बसन्ती साउद ले सहयोग गर्नु भएको थियो
यस्तै गाैरिगंगा नगरपालिका भित्र का सम्पुर्ण बिधालय सङ छलफल पनि भैराखेको उहाले जानकारी गराउनु भयो । सचेतना कार्यक्रम ५ वटा विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।