काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार दोस्रो चरणको छलफल गर्नुभएको छ। बिहान अर्थ मन्त्रालयमा सुरु भएको छलफललाई मन्त्री वाग्लेले साँझ आफ्नै कार्यकक्षमा निरन्तरता दिनुभएको हो।
अर्थमन्त्रीको निजी सचिवालयका अनुसार दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका छ जना कार्यकारी निर्देशक सहभागी भएका थिए। छलफलमा मुलुकको समग्र आर्थिक अवस्था, मौद्रिक व्यवस्थापन तथा अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विचारविमर्श भएको जनाइएको छ।



