दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। अदालतले प्रसाईंविरुद्ध म्याद थप नगर्ने निर्णय गर्दै उनलाई छाड्न आदेश दिएको हो।

आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन अभियोगमा अनुसन्धानका लागि सात दिनको म्याद माग्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद मागे पनि जिल्ला अदालत भक्तपुरले म्याद थप गर्न अस्वीकार गरेको छ। अदालतको आदेशसँगै प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्